जान्नुहोस ! ​नेलपोलिसका बेफाइदाहरु



छाला सम्बन्धि एलर्जीः
नेल पोलिसमा गम तथा प्हाइटरमा प्रयोग गरिने टोल्युन पाइने गर्छ, जो दिमाग तथा स्किन दुवैको लागि हानीकारक हुनसक्छ । यसले छालामा एलर्जी तथा घाउ हुनसक्छ ।

मस्तिष्कमा असरः
ट्रिफेनाइल फोस्फेट मस्तिष्कमा क्षति पुर्‍याउने तत्वका रुपमा पनि परिचित छ । त्यसैले यसको नकारात्मक असरले मस्तिष्कमा समेत प्रभाव पार्ने गर्छ ।

क्यान्सर:
नेल पोलिसमा फोर्माल्डिहाई नामक केमिकल्स रहेको हुन्छ, जसमा कार्सिनोजेनिक तत्व हुन्छ । यसले शरीरमा क्यान्सर गराउने हुँदा यो शरीरका लागि निकै हानीकारक छ ।

हर्मोनमा असर गर्छः
नेल पोलिसमा ट्रिफेनाइल फोस्फेट रहन्छ । जसले शरीरमा हुने हर्मोनलाई असन्तुलित बनाउनुका साथै प्रजनन स्वास्थयमा समेत असर पुर्‍याउँछ ।

विशेषगरी जो महिलाले धेरै नेल पेन्ट गर्छन्, उनीहरुको रगतमा ट्रिफेनाइल फोस्फेटल रहने भएकोले यसले शरीरलाई धेरै नोक्सान पुर्‍याउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्