जाडोमा निम्न उपायहरु अपनाए रुघाबाट बच्न सकिन्छ



१. मास्क को प्रयोग गर्ने :-
रुघा लागेको समयमा मास्क प्रयोग गर्नु अत्यन्तै जरुरी हुन्छ । किनभने मास्कको प्रयोग गर्नाले धुलो धुवाँ मा भएको ब्यक्टेरिया जोगाउँछ र अरुमा मनिस रुघा सर्न दिँदैन ।

२. लसुन तथा मह :-
लसुनको तीन चार टुक्रा बनाइ महमा मिसाएर खाएमा रुघाबाट बच्न सकिन्छ । दिनको तिनपटक एकचम्चा यस्तो मिश्रण सेवन गर्ने ।

३. झोलिलो पदार्थ :-
रुघा लागेको बेला तातो झोलिलो पदार्थ सकेसम्म बढि पिउने । र आलु, बैगुन, गाजर, लौका, फर्सी, दही, आचार, चिसो, अमिलो तथा गुलियोे पदार्थहरू सेवन नगर्ने

४. मह र कागती :-
रुघालागेको बेला घाँटि दुखेको छ भने मह र कागती मिसाएर पिउनुस । यसो गर्नाले शरीरलाई पानीको मात्रा पुग्छ, कागतीले भिटामिन सी दिन्छ र महले घाँटीको दुखाइ पनि केही मात्राम कम गर्छ ।

5. मसालेरदार भोजनको सेवन :-
मसालेरदार भोजनले रुघा लागेको बेला राम्रो काम गर्दछ । तर मासुजन्य खाना , दूधबाट उत्पादित बस्तु र चिल्लो खाना सकेसम्म खानु हुँदैन ।

६. तातोपानी :-
रुघाको लक्षण देखिनासाथ तातोपानीको सेवन गर्ने । सकेसम्म रुघा लागेका बेलामा चिसोपानी कम सेवन गर्ने ।

७. नुनपानीले मुख कुल्ला गर्ने :-
घाँटीमा खसखस भएको बेलामा मनतातो पानीमा नुन हालेर कुल्ला गर्ने । दिनमा ४—५ पटक थुक निल्न गाह्रो भएको बेला मुख कुल्ला गर्ने ।

८. वाफ लिने :-
यस्तो अवस्थामा सादापानीको वाफलिनु एकदमै राम्रो हुन्छ । रुघा लाग्दा वाफ लिएमा केहि मात्रामा आराम प्राप्त गर्न सकिन्छ ।

९. तुलसा पानी :-
तुलसा पत्ताको रस र अदुवाको रसमा एक चम्मा महसँग मिसाएर दिनको तीन चार पटक सेवन गर्ने ।

१०. तातोपानीले नुहाउने :-
रुघा लागेको समयमा चिसो पानीको प्रयोक कम गर्ने । नुहाउदा पनि पानी तताएर नुहाउने ।

प्रतिक्रिया दिनुहोस्