जान्नुहोस ! घरेलु उपायमार्फत अल्सरलाई नियन्त्रण गर्ने तरिका



चिसो दूधः
एक कप चिसो दूधमा आधी चम्चा कागतीको रस मिसाउनुहोस् । दिनमा दुईचोटि यसलाई सेवन गर्नुहोस् । अल्सरको समस्या समाधान हुन्छ ।

गाजरः
गाजर र बन्दाकोभीलाई बराबर मात्रामा मिसाएर जुस निकाल्नुहोस् । दिनमा दुईचोटि यस जुसको सेवन दिनदिनै गर्नुहोस् । अल्सर नियन्त्रणमा रहन्छ ।

मेथीको दानाः
एक चम्चा मेथीको दानालाई एक गिलास पानीमा उमाल्नुहोस् र चिसो बनाएर छान्नुहोस् । त्यस पानीमा एक चम्चा मह मिसाएर दिनमा एकचोटि पिउनुहोस् । यसले पनि अल्सर नियन्त्रण गर्छ ।

अमलाःराति एक गिलास पानीमा दुई चम्चा अमलाको धूलो, पिँधेको सोंठ र दुई चम्चा मिश्रीको धूलो मिसाएर भिजाउनुहोस् । बिहान यो पानी सेवन गर्दा अल्सरको समस्या समाधान हुन्छ ।

मुलेठीः
एक गिलास पानीमा एक सानो चम्चा मुलेठीको धूलो हालेर मिसाउनुहोस् र १५ मिनेट त्यत्तिकै छोडिदिनुहोस् । त्यसलाई छानेर दिनमा तीनचोटि पिउनुहोस् । यसो गर्नाले अल्सर निको हुँदै जान्छ ।

प्रतिक्रिया दिनुहोस्