छविको लागि सिक्स प्याक बनाउँदै छिन् शिल्पा



काठमाडौं, ९ माघ

यतिखेर नायिका शिल्पा पोखरेल नयाँ फिल्मको लागि दह्रो अभ्यासमा उत्रिएकी छिन् ।

पछिल्लो समय कलाकारहरु फिल्ममा निभाउने भूमिकाप्रति सजग देखिदै गैरहेका बेला शिल्पाले पनि यो कार्य सुरु गरेकी हुन् । स्क्रिप्टमा कल्पना गरिएको पात्रलाई पर्दामा दुरुस्त उतार्न उनीहरुले यतिबेला  हदैसम्म मिहेनत गर्न थालेका छन् ।

यसैले उनी प्रत्येक दिन जिमखाना धाउँछिन् अनि पसिना बगाउँछिन् । छविराज प्रोडक्सनले निर्माण गर्ने नयाँ फिल्ममा शिल्पा सिक्स प्याकमा प्रस्तुत हुँदैछिन् । ‘भर्खर एक महिना मात्रै भयो जिम जान थालेको, अझै चार केजी घटाउनु छ, शिल्पाले सुनाइन् । प्याक त कहिले निस्किन्छ थाहै छैन ।’

शिल्पाले अभिनय गरेको पछिल्लो फिल्म ‘मंगलम’ फागुन २५ गतेदेखि प्रदर्शनमा आउँदैछ । छविराज ब्यानरमै निर्माण भएको फिल्ममा शिल्पा र नायक पुष्प खड्का मुख्य जोडीको रुपमा प्रस्तुत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्