गधा ज्योतिषी



काठमाण्डौ, ९ माघ

शेरबहादुर देउवा सातपटक प्रधानमन्त्री हुने भविष्यवाणी गर्ने ज्योतिषी चुनावपछि कुन दुलोमा पसे, थाहापत्तो छैन । तर, हालै झापाको दमकमा आयोजित महोत्सवमा भारतबाट ल्याइएको भविष्यफल बताउने एउटा गधा ज्योतिषीका रुपमा देखा पर्‍यो ।

मेला खुलेको दिन नै यो गधा मेला हेर्न आएका मानिसहरुको प्रिय बन्यो । पैसा तिरेर गधासमक्ष आफ्नो भविष्य जान्न मानिसहरुको ताँती लाग्यो । तर, अचानक तेस्रो दिन नै यो भविष्यफल बताउने गधा मेलाबाट गायब भयो । कता गयो भविष्य बताउने गधा ? कतै नेपाली ज्योतिषीले गरेको भविष्यवाणी नमिलेपछि भरपर्दाे भविष्यवेत्ता खोज्दै गरेकालाई चित्त बुझाउन बालुवाटारतिर पो लाग्यो कि ? कि कुन उपाय लगाउँदा छिटोभन्दा छिटो प्रधानमन्त्रीले कुर्सी छाड्छन् भनेर बताउन बालकोटतिर पो लाग्यो कि ? लौ न कसैले देख्नु भएमा दमकका मेला आयोजकलाई जानकारी गराउनु होला ! जानकारी गराउनेलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ । – ईकान्तिपुर

 

प्रतिक्रिया दिनुहोस्