नेपालेडाँडा परिवारले रक्तदान कार्यक्रम गर्दै  



काठमाडौं, ९ माघ

नेपालेडाँडा परिवार, काठमाडौंले रक्तदान कार्यक्रम गर्ने भएको छ । बिगतका बर्षहरुमा पनि रक्तदान कार्यक्रम गर्दै आएको परिवारले निरन्तरता दिदै यो वर्ष पनि कार्यक्रम गर्ने भएको हो ।

यहि माघ २७ गते शनिबारको दिन केन्द्रीय रक्तदान कार्यालय बालकुमारीमा रक्तदान कार्यक्रम गर्ने भएको हो ।

दिनको ११ बजेबाट सुरु हुने रक्तदान कार्यक्रम ३ बजे सम्मको लागि हुने कुरा नेपालेडाँडा परिवारको अध्यक्ष बलु राईले परिवर्तन खबरलाई जानकारी गराउनु भयो ।

रक्तदान नै जिबन दान हो भन्दै रक्तदान कार्यक्रममा सहभागी हुन सबैलाई अनुरोध गरिएको कार्यक्रमका संयोजक सुरेस लुइटेलले जानकारी गराउनु भयो । त्यसैगरी कार्यक्रम व्यवस्थित र प्रभावकारी हुने हुँदा दाताहरुको उपस्थिति उल्लेख्य रहने परिवारको सचिब पदम राईले बताउनु भयो ।

नेपालेडाँडा परिवारले प्रत्येक महिना विभिध रचनात्मक कार्यक्रमहरु गर्दै आइरहेको र त्यसै अनुरुप यो महिनामा रक्तदान कार्यक्रम गरेको परिवारको उपध्यक्ष एटमले प्रष्ट  पार्नुभयो ।

भोजपुर जिल्ला अन्तर्गत षडानन्द नगरपालिका -१ नेपालेडाँडाबाट आई काठमाण्डौमा विभिध पेसा व्यावसाय गर्दै बसेका सदस्यहरुको छाता संघठन नेपालेडाँडा परिवारले आफ्नो रक्तदान कार्यक्रममा आएर रक्तदान गर्न सबैलाई अनुरोध समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्