महिला ज्यालामा ठगिँदै



पाल्पा, ९ माघ : काम र सीप हुँदाहुँदै पनि महिलालाई पुरुषको तुलनामा ज्यालादारीमा विभेद् कायम छ ।

दिनभर पुरुष सरह घर, भवन बनाउने, सडक बनाउने जस्ता काममा संलग्न महिलालाई पुरुषको तुलनामा आधा ज्याला दिने गरेको पाइएको छ ।

सिमेन्ट घोल्ने, तार जाली बुन्ने, घरमा इँटाको गारो लगाउने लगायतका सबै काम महिलाले पुरुष सरह नै गर्छन् तर महिला भएकै कारण ज्यालामा ठगिएका छन् । रामपुरकी सबिरन मियाँले बिहान नौ बजेदेखि साँझ पाँच बजेसम्म घर बनाउने काम गर्नुहुन्छ र रु पाँच सय बुझ्नुहुन्छ ।

यस्तै माया कुमालले पनि पुरुषले गर्ने सबै काम गर्नुहुन्छ तर उहाँले पुरुषको तुलनामा रु तीन सय कम ज्याला बुझ्नुुहन्छ । उहाँसँगै काम गर्ने पुरुष मजदुरले रु आठ सय ज्याला बुझ्दा कुमालले रु पाँच समयमा चित्त बुझाउनु पर्छ ।

काम र सीप अनुसार समान ज्याला दिँदै आएको निर्माण व्यवसायी मनबहादुर लामा बताउनुहुन्छ । मजदुरलाई दिनमा आठ घण्टा काम गरेबापत एक दिनको न्यूनतम पाँच सयदेखि बढीमा आठसयसम्म काम हेरेर महिला पुरुष नभनीकन ज्याला दिएको लामाको भनाइ छ ।

धनमाया दरैले भने आठ घण्टासम्म मजदुरी गरेर दिनमा रु चार सय ज्याला पाएको बताउनुुभयो । उहाँले पुरुषले पाउने ज्याला नपाए पनि न्यूनतम तोकिएको ज्याला समेत पाउनुभएको छैन ।

प्रतिक्रिया दिनुहोस्