यी ८ काममध्ये कुनै एक काम गर्ने तपाईंमा क्षमता छ भने, क्षणभरमै करोडपति बन्न सक्नुहुन्छ



मानिसले दैनिक काम गर्नुपर्ने एकमात्रै कारण हो, पैसा कमाउनु। आरामको जीवन जिउनका लागि मानिसहरु दैनिक काम गर्छन् । तर भनेजति पैसा कमाउन (बचत गर्न) सक्दैनन्। यो आलेखमा यस्ता केही सजिला कामबारे उल्लेख गरिएको छ, जसमा तपाईले धेरै मेहनत नगरी करोडौं कमाउन सक्नुहुन्छ।

ब्लग
घरमा आरामले बसेर तपाई ब्लगबाट करोडौ पैसा कमाउन सक्नुहुन्छ । यसको लागी तपाइमा रचनात्मक लेखन क्षमता हुनुपर्छ । प्रख्यात वेबसाइट बिजनेस इनसाइडरको अनुसार सन् २०१६ साल ब्लगबाट पैसा कमाउनको लागि सबैभन्दा राम्रो स्रोत बन्यो । वायरलनोवा ब्लगको सुरुवात गर्ने सकॉट डीलांगले ८ महिनाको अवधिमै करोडौं कमाएका थिए । सबै पेजमा आउने गुगल एडको कारणले उनको आम्दानी धेरै बढेको थियो ।

इंस्टाग्राम
सेलिब्रिटी सोशल प्लेटफार्ममा इंस्टाग्रामको प्रयोग धेरै हुन्छ । के तपाइलाई थाहा छ ? यो अकाउन्टबाट करोडपति पनि बन्न सकिन्छ । यस्ता धेरै उदाहरण छन्, इंस्टाग्राममा युवतीहरुले आफ्नो कामुक तस्बिर पोस्ट गरेर मोडलिङ ठेक्का हासिल गर्छन् । यहाँ कामुक तस्बिर पोस्ट गरेपछि धेरै पत्रपत्रिकाले पनि तपाइको तस्बिर मन पराउछन् र त्यो तस्बिर करोडौमा बिक्न सक्छ ।

यूट्यूब
आजकलको समयमा बिना कुनै शैक्षिक योग्यता छिटो पैसा कमाउने सजिलो माध्यम बनेको छ यूट्यूब । यसका लागि तपाइमा छिन भरमै भाइरल हुनेवाला भिडियो बनाउने क्षमता हुनु आवस्यक छ । वर्ष २०१५–०१६ मा पिउडीपाई (जो गेमिंग भिडियो बनाउछन्) यूट्यूबबाट सबै भन्दा धेरै कमाइ गर्ने व्यक्ति बनेका छन् ।

प्रोफेशनल गेम्बलर
यो तपाईको करियका लागि उपयुक्त माध्यम हुन्छ भन्न सकिदैन । तर, समयमै पैसा कमाउनको लागि तपाई अनलाइन पोकर साइट्सको सहारा लिन सक्नुहुन्छ । तथापी यसमा भाग्य पनि धेरै महत्वपुर्ण हुन्छ । यदि तपाई जित्न सुरु गर्नुहुन्छ तब पैसा बनाउने मेसिन यहि हो ।

अनलाइन सेल्स
आजको समयमा प्रत्येक मानिस अनलाइन सपिंग गर्न चाहन्छन । यस्तोमा अनलाइन सेल्स एक राम्रो जब अप्सन बनेको छ । यो जबले छिट्टै नाफा नदिए पनि केहि समय पछि यसबाट खास पैसा कमाउन सक्नुहुन्छ ।

एप डिजाइनर
आजकल सबैसंग स्मार्टफोन हुन्छ । यदि तपाई कुनै मजाको एप बनाउनुहुन्छ, तब युवा त्यसलाई मन पराउँछन । यी एप्सबाट कतिपय मानिसको भाग्य बदलिसकेको छ। यसमा फेसबुकका मार्क जुकरबर्गको नाम पनि छ । कम समयमा पैसा कमाउने यो सही तरिका हो ।

किताब
यदि तपाइको दिमागमा कथा बनाउने ताकत छ भने त्यसलाई किताबमा उतारेर तपाई राम्रो आम्दानी गर्न सक्नुहुन्छ । मात्र एक बेस्ट–सेलिंग बुक तपाइलाई करोडपति बनाउन सक्छ ।

आबिस्कार
यदि तपाईमा सृजनात्मक शक्ति छ भने नया चिज आविस्कार गर्न सक्नुहुन्छ । यहि आविस्कारले तपाइलाई करोडपति बनाउन सक्छ।

प्रतिक्रिया दिनुहोस्