अचम्मको सस्कृति ! बाबुले छोरीलाई केटाहरुसँग सेक्स गर्न पठाउने ?



९ माघ : हाम्रो नेपाली समाज र संस्कृतिमा सेक्सका विषयमा खुल्मखुल्ला कुरा गर्नु आजसम्म पनि अशोभनीय विषय हुन्छ । हाम्रो समाजमा शारीरिक सम्बन्धलाई गोप्य राख्ने गरिन्छ । अझ विवाह अघिको सेक्स त नेपाली समाजमा अपाच्य कुरा हो । नेपालमा मात्रै होइन, पुरै विश्वमा नै विवाह अघिको सेक्सलाई राम्रो नजरले हेरिदैन । त्यस्तै कुनै युवतीले युवकहरुसँग सम्बन्ध बनाउनु मात्रैलाई पनि नेपालमा राम्रो मानिदैन । तर, विश्वमा यस्तो देश पनि छ, जहाँ आफ्नो बाबुले नै छोरीलाई केटाहरुसँग सेक्स गर्न अह्राउँछन् ।

हो, यस्तो प्रचलन कम्बोडियाको आदिवासी समुदायमा अद्यावधी कायम छ, जसलाई मानिसहरुले खुशिसाथ मान्दै आईरहेका छन् । त्यहाँको प्रथा अनुसार जब छोरी मानिसको मासिक धर्म सुरु हुन्छ तब छोरी मानिसलाई जवान मानिन्छ र छोरीका बाबुले आफ्नो छोरीका लागि एक झुपडी तयार गरिदिन्छन्, जसलाई लवहट भनिन्छ । त्यसपछि बाबुले आफ्नी छोरीलाई आदिवासी समुदायका केटाहरुसँग घुलमिल हुन र आवश्यक परे शारीरिक सम्बन्ध कायम गर्न भन्छन् । त्यसपछि केटीलाई जो युवक मन पर्छ उहीसँग उसको विवाह गरिदिने गरिन्छ । यस हिसावले त्यहाँ आफ्नै बाबुले छोरीलाई धेरै भन्दा धेरै केटाहरुसँग विवाहअघि शारीरिक सम्बन्ध बनाउन उक्साउँछन् । प्रथा एकदमै नकारात्मक भएपनि समयक्रमसँगै आदिवासीहरुको सोंचमा परिवर्तन आएको बताइन्छ ।

हाल त्यसरी अपरिचित केटाहरुसँग शारीरिक सम्बन्ध बनाउने केटीहरुले कण्डमको प्रयोग गर्न थालेको जनाइएको छ । तर, उनीहरु यस प्रथालाई बदल्ने पक्षमा भने नरहेको जनाइएको छ । कुनै युवकसँगको शारीरिक सम्बन्धका कारण जब युवती गर्भवती हुन्छे र जो युवकका कारण युवती गर्भवती हुन्छे यदी युवतीले उक्त युवक मन नपराएको खण्डमा जुन युवकलाई युवतीले मन पराउँछे, त्यही युवकले युवतीको बच्चालाई विवाहपछि आफ्नो नाम दिनुपर्ने जनाइएको छ । एजे्न्सी

प्रतिक्रिया दिनुहोस्