मनोज गजुरेललाई मीनाको जवाफ ‘मिस्टर नौटंकी’



काठमाडौं, १० माघ : चर्चित हास्य कलाकार मनोज गजुरेलको स्टासटमा उनकी पूर्व पत्नी मीना ढकाललेसमेत कमेन्ट गरेकी छिन्। मीनाले मनोजको स्टाटसमाथि ‘देखाऊ देखाऊ आफ्नो कला अझै। यू आर दी ग्रेट एन ग्रेटेस्ट पर्सन किप इट अप मिस्टर नौटंकी’ भनि कमेन्ट गरेकी छिन्।

गजुरेलले फेसबुकमा लेखेका छन्, एउटा सामाजिक ब्यक्तिबाट यस्तो दुखद घटना जानकारी गराउनु आफैंमा सकारात्मक बिषय होईन। जीवनका धेरै पाटाहरु मध्ये पारिवारिक व्यवस्थापनको महत्वपूर्ण पाटो सफल पार्न नसकेकोमा तपाईंहरुसमक्ष क्षमाप्रार्थी छु ।’

‘हामी दुबै गलत होइनौं तर फरक रहेछौं। त्यसै कारणले होला, दुई दशकभन्दा लामो सम्वन्ध जोगिएन।’ उनले पारिवारिक व्यवस्थापनमा आफू असफल भएकोमा सबैसँग क्षमासमेत मागेका छन्।

प्रतिक्रिया दिनुहोस्