अर्धनग्न ज्योतीलाई हेर्न महोत्सवमा ३० हजार दर्शक



काठमाडौं, १० माघ

मुसबेटवा बाबा तथा खजूरा महोत्सवमा सोमबार गायिका ज्योती मगरले बबाल मचाएकी छन । ज्योतीलाई हेर्न दर्शकहरुको भिड लागेको थियो । बाँकेको खजुरा एकनम्बरमा माघ ३ गतेदेखि सुरु भएको महोत्सवमा सोमबार अहिले सम्मकै धेरै दर्शकको उपस्थिती रहेको थियो । महोत्सवमा सोमबार ३० हजार दर्शक सहभागी भएको आयोजक समितिले दावी गरेका छन ।

छोटो पहिरन र उत्तेजित प्रस्तुति स्टेज कार्यक्रममा ज्योती मगरको रहने गरेको छ । गायिका ज्योतीले सुर्खेत बुलबुले ताल, जिम्बाल बाउको छोरी, ढाडे बिरालो लगायतका चर्चित गीतहरु महोत्सवमा प्रस्तुत गरेकी थिइन । छोटा पहिरनका कारण चर्चामा आउने गरेकी ज्योतीले सोमबार भने उत्तेजित प्रस्तति कमै मात्रामा दिएको दर्शकले प्रतिक्रिया दिए ।

सोमबार चर्चित न्युत्य निर्देशक शंकर बिसी र मोडल रुबिना अधिकारीको प्रस्तुतीबाट समेत दर्शकले मनोरन्जन लिएका थिए ।महोत्सव स्थल भित्र दर्शक अट्ने ठाउँको अभाव भएपछि सयौ दर्शक बाहिरबाटै फिर्ता भएका थिए ।

खजुरमा रहेको मुसवेटवा बाबाको मजारमा श्रीपन्चमी कै दिन लाग्ने एतिहासीक मेला पनि परेकाले हिन्दु देखि मुस्लिम समुदायको पनि उत्तीकै उपस्थिती रहेको थियो । मंगलबार चर्चित गायक प्रमोद खरेल, न्युत्य निर्देशक शंकर विसी र मोडल आरुसी मगर लगाएतले प्रस्तुति दिने भएका हुन ।

प्रतिक्रिया दिनुहोस्