सुदर्शन र पुजाको रामकहानी भाइरल



काठमाडौं, १० माघ

नाम भने फाईनल नभएको सुर्दशन थापाले निर्देशन गर्ने भनिएको आगामी फिल्मको नाम अन्नतः ‘रामकहानी’ राखिएको छ । केहि समय देखि यो फिल्मको विषयलाई लिएर निरन्तर चर्चा भइरहेको थियो ।

यहि फिल्मका लागि माग्ने बुढाले १० लाख पारिश्रमिक पनि लिएका थिए । जस्को ठुलो चर्चा भएको थियो । हालैमा मुन्द्रे अर्थात जीतु नेपाल पनि यो फिल्मका लागि आवद्ध भएका थिए ।

निर्देशक सुदर्शन थापाले ‘रामकहानी’ चलचित्र विकास  बोर्डमा दर्ता  गराइसकेको  बताएका  छन् । माघको अन्तिम साताबाट शुटिङ सुरु गरिने चलचित्रमा केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहनेछ ।

पुजाको अपोजिटमा रहने मुख्य अभिनेताको नाम भने सार्वजनिक गरिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्