यो हो डार्क लिपस्टिक लगाउने तरिका



काठमाडौं, १० माघ

कालो रङको लिपस्टिक लगाउन जो पायो उसैले आँट गरेको पाइँदैन । डार्क (गाढा) लिपस्टिक लगाउन अधिकांश महिला डर मान्छन् । जस्तै, मेकअपमा पोख्त नहुनेहरू डराउँछन् । तर, डार्क लिपस्टिकको सौन्दर्य लगाएपछि झल्किन्छ :

१. पहिले ओठबाट सुक्खा पत्रहरू हटाउने । त्यसपछि लिपबाम लगाएर केहीबेर मालिस गर्ने । अब, लिपलाइनरले लिपस्टिक लगाउने ओठको भागको सीमांकन गर्ने । लिपलाइनर सामान्य प्रयोग गर्नुहोस्, ताकि झट्ट हेर्दा नदेखियोस् । लिपस्टिकभन्दा लिपलाइनर लामो समयसम्म टिक्ने भएकाले पनि लिपस्टिक लगाउनुअघि लिपलाइनर अवश्य प्रयोग गर्नुपर्छ । लिपस्टिक केही हल्का लगाउँदा लिपलाइनरसँग समान देखिन्छ ।

२. ओठलाई राम्रोसँग फैलाएर लिपस्टिक लगाउनुपर्छ । यसो गर्दा लिपस्टिक ओठको प्रत्येक भागसम्म राम्रोसँग लाग्न पाउँछ । डार्क लिपस्टिक लगाउँदा यो विचार गर्नु जरुरी हुन्छ ।

३. पहिलोपल्ट लगाएको लिपस्टिकलाई टिस्यु पेपरले हल्का सोस्नुपर्छ । दुई ओठलाई एक–आपसमा जोडेर टिस्यु पेपरले हल्का दबाउँदा केही लिपस्टिक पेपरमा टाँसिएर आउँछ भने ओठमै रहेको लिपस्टिक राम्रोसँग सेट हुन्छ । यसपछि फेरि अर्कोपटक लिपस्टिक लगाउँदा टिकाउ हुने गरी बस्छ ।

 

प्रतिक्रिया दिनुहोस्