सफलता पाउन यी काम गर्नुहोस्, कहिल्यै असफल भइदैन



१० माघ : अतिरिक्त परिश्रम गर्न अतिरिक्त उर्जा चाहिन्छ त्यसका लागि कतिपय ब्यक्तिले योगा गर्ने गर्छन् । शरीरमा अतिरिक्त उर्जा उत्पादनका लागि विहान उठ्ने वित्तिकै हातलाई माथी लैजाने र हावामा फैलाउने अनि फेरि सामान्य अवस्थामा पुर्‍याउने । यस्तो अभ्यास नियमित गर्दा शरीरमा उर्जा बढ्छ । शरीरको सुविधान अनुसार हिँड डुल गर्दा वा स्थिर बस्दा पनि हुन्छ तर आफू रुख बनेर पृथ्वीको उर्जा तानिरहेको कल्पना गर्दा शरीरमा नयाँ स्फुर्ती आउने योग विज्ञहरु बताउँछन् ।

हरेक काममा सफलताः
अहिलेको समय प्रतिस्पर्धाको समय हो । शत प्रतिशत आउटपुट भए मात्र स्थान पाइन्छ आजकल । निरन्तर गुणात्मक परिणाम दिने क्षमता राख्यो भने मात्र सफलताको दिशामा जान सकिन्छ । सफलता पाउन र त्यसलाई कायम राख्नु फरक कुरा हुन् । दुवैमा निक्कै मेहनत जरुरी हुन्छ तर भित्र देखि शान्त भएर कुनै काम गर्न सकिएन भने चाँहि सफलताले समेत सन्तुष्टी दिँदैन ।

सफलताका तीन सिँढी
– निरन्तर परिश्रम ऊर्जा कायमै
– सफलता त्यो मात्र हो जसले बाँध्ने होइन मुक्ति दिन्छ
– सफलता सकारात्मक हुनु पर्छ जसले नकारात्मक ऊर्जा नष्ट गरोस्

सफलता पाउन के गर्ने ?
यदी तपाई जीवनमा सफलता चाहनुहुन्छ भने सफल व्यक्ति बारेमा जन्ने प्रयाश गर्नुस् । किनकी हरेक सफल मानिसको जीवनमा एक तितो अनुभव र कठिन संघर्ष हुन्छ । जसका कारण उ सफल भएको हुन्छ ।

एउटा कुरा सधै यादमा राख्नुस् कि सफलता र असफलताको पछाडि तपाइैको इच्छाशक्तिको भूमिका हुन्छ । चाहनाले मात्र मानिस सफल हुँदैन त्यसका लागि तपाईले मिहेनत गर्नु पर्दछ ।

सफता पाउनका लागि तपाईले केही काम नियमित गर्न आवश्यक छ ।

पढ्ने वानीको विकास
विशेषज्ञका अनुसार धेरैजसो सफल मानिसले सुत्नुअघि पढ्नका लागि समय छुट्याउछन् । यो जरुरी छैनकी तपाई विषयसँग सम्बन्धित पुस्तक पढ्नुहोस् । तपाइले पे्ररणत्मक कहानी, व्लग्स साहित्या या समाचार भएपनि पढ्ने बानी विकास गर्नुस् ।

सकारात्मक सोच
दिनभरको भागदौडपछि दिमागमा तनाव, थकान र नकारात्मक सोच हुनु सामान्य मानवीय प्रक्रिया हो । यदी तपाईले हरेक विषयलाई सकारात्मक रुपमा लिनुभयो भने तपाईलाई निन्द्रा राम्रोसँग लाग्ने छ भने तनाव कम हुन जानेछ ।

दिनभर गरेका सकारात्मक काम बारे सोच्नुहोस् तपाईलाई आनन्द आउँछ ।

कामको लिस्ट बनाउनुस्
बेलुका सुत्नुअघि तपाईले भोलिपल्ट गर्ने कामको लिस्ट बनाउनुस् । सवै कामको लिस्ट बनाउन गारो हुन्छ तर पनि कामको लिस्ट बनाउँदा तपाईको जीवन व्यवस्थित हुन जान्छ ।

परिवारलाई समय
तपाईसँग जति पैसा, नाम र व्यस्तत भएपनि परिवारको लागि समय छैन भने त्यसले कुनै अर्थ राख्दैन । सफल व्यक्तिले अफ्नो सफलताको श्रेय परिवारलाई दिन्छ जसले गर्दा उसलाई आत्मसन्तुष्टि मिल्छ भने काममा परिवारका सदस्यहरुको सहयोग हुन्छ ।

मादक पदार्थबाट पर बस्नुस्
सफलताका लागि मादक पदार्थहरु बाट टाढा बस्नुहोस् । यसले परिवारका साथै तपाईको काममा पनि असर गर्छ

ध्यान गर्नुस्
कयौं सफल व्यक्ति काममा जानु पूर्व थोरै अवधिका लागि भए पनि ध्यानमा बस्छन् । यसबाट तपाईका दिन र दिमाग चिन्ताबाट टाढा जानेछ ।

प्रतिक्रिया दिनुहोस्