महिलाको शरीर-फिगर कस्तो हुनुपर्छ : एक वैज्ञानिक अनुसन्धान



आधुनिक जमानाका मानिसहरू, विशेषगरी युवतीहरू, आफ्नो फिगरप्रति सचेत देखिन्छन् । जिममा घन्टौंसम्म पसिना बगाएर होस् वा डाइट मेन्टेन गरेर होस्, युवतीहरू फिगरमा खुबै ध्यान दिन्छन् । तर विज्ञानले नै एक महिलाको फिगरलाई सबभन्दा गजबको ठहर गरेको छ ।

अमेरिकाको टेक्सास विश्वविद्यालयका वैज्ञानिकहरूले गरेको एक अनुसन्धानअनुसार, बेलायती मोडल केली ब्रूकको फिगर सबभन्दा गजबको छ । केली न मोटी छिन् न दुब्ली ।

उनको शरीरको सबै भाग पर्फेक्ट छ । वैज्ञानिकहरूले अनुसन्धानमा मानिसहरूलाई यस्तो प्रश्न गरेका थिए, एक सेक्सी फिगर भएकी महिलाको शरीरको नाप कस्तो हुनुपर्छ ?

मानिसहरूले दिएको जवाफमा महिलाको हाइट, तौल, बपाल, अनुहारको बनोट र नितम्बको संरचना सबै समावेश थियो । मानिसहरूको जवाफको हिसाबमा सबै मानकमा केली खरो साबित भइन् ।

प्रतिक्रिया दिनुहोस्