संसार हल्लाउने गोप्य दस्तावेजहरु



प्याराडाइस पेपर्सको नामबाट फेरि एक पटक ठूलो मात्रामा गोप्य दस्तावेजहरु सार्वजनिक भएको छ । यसमा सबैभन्दा महत्वपूर्ण दस्तावेज एउटा अफसोर ल फर्मसँग जोडिएको छ, जसमा धनाढ्य र चर्चित व्यक्तिहरुको करसँग सम्बन्धित गतिविधिहरुको व्यहोरा उल्लेख छ ।

यस्ता ठूला खुलासाको श्रृंखलाहरुको यो ताजा कडी हो । यस्तो खुलासाहरु विभिन्न समयमा हुँदै आइरहेका छन् । गोप्य जानकारीमा आधारित यस्ता अनुसन्धानबाट करको नियमन कस्तो प्रभाव परेको छ भन्ने यकिन हुन सकेको छैन । तर, यसले विश्वमा तहल्का भने अवश्य मच्चाइरहेको छ ।

यस पर्दाफासको निरिक्षण गर्ने इन्टरनेशनल कन्सोरियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्टस् (आईसीआईजे) का जेराल्ड राइलका अनुसार बाहिरी देशमा यस प्रकारको सूचीको गहिरो असर पुग्छ किनभने उनीहरुलाई थाहा हुँदैन कि अगामी लिक कहाँबाट हुनेछ र कसको जानकारी बाहिर आउनेछ ।

पानामा पेपर्स २०१६
डाटाको अनुपात हेर्ने हो भने यो अहिलेसम्मकै सबैभन्दा ठूलो खुलासा हो । यदी सन् २०१० मा विकिलिक्सले जारी गरेको संवेदनशील कुटनीतिक केबललाई ठूलो मामिला मान्नुहुन्छ भने यसमा त्योभन्दा १५ सय गुणा धेरै जानकारी थियो ।

विकिलिक्सको खुलासा विभिन्न दिशाहरुमा बाँडिएको थियो भने पानामा पेपर्स मात्र वित्तिय मामिलामा आधारित थियो । एक गुमनाम स्रोतले जर्मन अखबार ज्यूड डायचे त्साइटुंगलाई सन् २०१५ मा सम्पर्क गरेको थियो र पानामाको ल फर्म मोसाका फोन्सेकाको इन्क्रिप्टेड दस्तावेज दिएको थियो ।

यो ल फर्मले गुमनाम विदेशी कम्पनीहरुलाई बेच्ने गरेको थियो जसबाट मालिकहरुले आफ्नो कारोबारको लेनदेनलाई गोप्य राख्न सक्थे ।

यो डाटा यति ठूलो थियो कि (२.६ टेराबाइट) जर्मन अखबारले आईसीआईजेसँग मद्दत मागेको थियो । यसमा १ सय अन्य सहयोगी समाचार संगठनहरुलाई पनि सामेल गरियो ।

एक वर्षको अनुसन्धानपछि आईसीआईजे र उनका सहयोगीले संयुक्त रुपमा तीन अप्रिल २०१६ मा पानामा पेपर प्रकाशित गरे । एक महिनापछि आईसीआईजेले दस्तावेजको डाटवेसलाई अनलाइनमा पनि राखेको थियो ।

क–कसको नाम आयो ?
केही न्युज एजेन्सीले रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र उनका सहयोगीहरुले कसरी दुनियाँभर रकमको हेराफेरि गरिरहेछन् भन्ने कुरामा जोड दिएका थिए । रुसमा यसको खासै असर देखिएन । तर, आइसल्याण्ड र पाकिस्तानका प्रधानमन्त्रीहरु भने अपठ्यारोमा परे ।

पाकिस्तानका प्रधानमन्त्रीले सर्वोच्च अदालतको आदेशमा पद त्याग गर्नुपर्यो । कूल दर्जनभन्दा बढी मौजूदा र पूर्व विश्वनेता, १२० राजनेता, अधिकारी र असंख्य अर्बपति, सेलिब्रिटी र खेलाडीहरुको पर्दाफास भयो ।

पानामा पेपर्स लिक भएपछि के–के भयो ?
१. आइसल्याण्डका प्रधानमन्त्री सिंगमन्डर गुनलाँगसनले राजीनमा दिए ।
२. पाकिस्तानको अदालतले प्रधानमन्त्री नवाज शरीफलाई पदमुक्त गर्यो ।
३. भ्लादिमिर पुटिनका सहयोगीमाथि २ अर्ब डलर अवैधरुपमा कमाएको अरोप लाग्यो ।
४. अर्जेन्टिनाका राष्ट्रपति मोरिसियो माकरीविरुद्ध जाँच चलिरहेको छ ।
५. माल्टाका पत्रकार डेफने कारुआना गलिट्सको कार विस्फोट गरी हत्या गरियो ।
६. कानुनी फर्म मोसाका फोन्सेकाका कयौँ अफिस बन्द । कयौँ गिरफ्तारी भए ।
७. बेलायतसहित १३ देशमा नयाँ कानुन, युरोपियन युनियन शामिल ।
८. विश्वभर दर्जनौँ जाँच चलिरहेको छ ।

कसले लिक गर्यो डाटा ?
जन डोले । तर, यो असली नाम होइन । अमेरिकाको एक क्राइम सिरिजमा गुमनाम पीडितहरुलाई यही नाम दिइन्छ । डोको असल पहिचना अहिलेसम्म पत्ता लागेको छैन ।

पानामा पेपर बाहिर आएको पाँच महिनापछि आईसीआईजे बहामस कर्पोरेट रजिस्ट्रीबाट केही थप खुलासा गरेको थियो । ३८ जिबी डाटाबाट प्रधानमन्त्री, मन्त्री, राजकुमार र दोषी करार गरिएका अपराधीहरुको विदेशमा गरिएको गतिविधिको पर्दाफास गरिएको थियो ।

स्वीस लिक २०१५
आईसीआईजेको यो अनुसन्धानमा ४५ देशका सयौँ पत्रकारहरु सामिल थिए । फेब्रुअरी २०१५ मा यो रिपोर्ट सार्वजनिक गरिएको थियो । यसमा एचएसबीसी प्राइवेट बैंक (स्वीस) मा विशेष ध्यान दिइएको थियो ।

लिक भएको फाइलमा सन् २००७ सम्मको खाताको जानकारी थियो । यिनीहरु २ सयभन्दा धेरै देशका एक लाखभन्दा बढी व्यक्ति र कानूनी संस्थासँग सम्बन्धित थिए ।

एचएसबीसीमाथि बदनाम नेतृत्वहरुलाई सहयोग गरेको आरोप लगाइएको थियो । एचएसबीसीले पछि सो समयमा आफूहरु धेरै सर्तक नरहेको स्वीकार गरेको थियो ।

कसको नाम आएको थियो ?
एचएसबीसीले हथियार कारोबारी, तानशाह र उनका सहयोगी, ब्लड डाइमण्डको तस्करी गर्ने र अन्तर्राष्ट्रिय अपराधीहरुबाट फाइदा उठाएको आईसीआईजीबाट फाइदा उठाएको आरोप लगाएको थियो । यसमा इजिप्टका पूर्व राष्ट्रपति हुस्नी मुबारक, ट्युनिशियाका पूर्व राष्ट्रपति बेन अली र सिरियाका नेता बशर अल असद आदिको नाम आएको थियो ।

कसले लिक गरेको थियो डाटा ?
आईसीआईजेको जाँच फ्रेन्च इटायिलयन सफ्टवेयर इन्जिनियर र विसलब्लोअर एर्वी फैल्सियानीले गरेको डाटा लिकमा आधारित थियो । तर, आईसीआईजेलाई यो डाटा अन्य सुत्रबाट प्राप्त भएको थियो ।

सन् २००८ पछि फैल्सियानीले एचएसबीसी बैंको जानकारी फ्रेन्च प्रशासनलाई दिएका थिए । उनले यो जानकारी अन्य सम्बन्धित सरकारलाई पनि उपलब्ध गराएका थिए । फैल्सियानीविरुद्ध स्वीटजरल्याण्डमा मुद्दा चलाइयो र उनलाई स्पेनमा हिरासतमा पनि राखिएको थियो तर पछि रिहा गरिएको थियो । उनी अहिले फ्रान्समा रहेका छन् ।

लक्समवर्ग लिक्स २०१४
यसलाई संक्षेपमा लक्सलिक्स पनि भनिन्छ । आईसीआईजेले गहन जाँच पछि सन् २०१४ को नोभेम्बरमा यसलाई सार्वजनिक गरेको थियो । यो रिपोर्ट प्राइस वाटरहाउस कुपर्सद्वारा लक्समबर्गमा सन् २००२ र २००८ को बीचमा बहुराष्ट्रिय कम्पनीहरुलाई कर छलीमा मद्दत गरेको विषयमा आधारित थियो ।
आईसीआईजेले बहुराष्ट्रिय कम्पनीहरुले लक्समबर्गबाट पैसा च्यानलाइज गरेर अरबौँ रुपैयाँ बचाएको खुलासा गरेको थियो । कयाँै पटक करको दर १ प्रतिशतभन्दा कम थियो । यसका अनुसार लक्समवर्गमा एकै ठाउँमा १६ सयभन्दा धेरै कम्पनीहरु चलिरहेका थिए ।

कसको नाम आयो ?
यसमा पेप्सी, आइकिया, एआईडी र डाँयचे बैंकका प्रमुखहरुको नाम समावेश थियो । लिक भएका दस्तावेजको दोस्रो सिरिजमा वाल्ट डिस्नी कम्पनी र स्काइपले लक्जमवर्गको सब्सिडियरी कम्पनी प्रयोग गरेर खबौँ डलर निकालेको खुलासा गरिएको थियो । त्यपछि लक्सम्वर्गमा करबारे नियममा कडाई गरिएको थियो ।

कसले डाटा लिक गर्यो ?
फ्रेन्च नागरिक एन्टोनी टेल्टार प्राइसवाटर हाउसकुपर्सका पूर्व कर्मचारी थिए । यो लिकमा उनको मूख्य हात थियो । यसमा कम्पनीका एक अन्य कर्मचारी राफायल हालेटले गरेका थिए । उनीहरु सहित पत्रकार एडवर्ड पेरिनमाथि लक्समवर्गमा मुद्दा चलाइएको थियो । उनीहरु सबैलाई छोटो सजाय र जरिवाना तिराएर रिहा गरिएको थियो ।

अफशोर लिक २०१३
यो लिक पानामा पेपर्स लिकको १÷१० हिस्सा बराबर थियो । तर, अन्तर्राष्ट्रिय कर छलीमा सबैभन्दा बढी पर्दाफास गर्नेमा यसलाई हेरिन्छ । आईसीआईजे र उसको समाचार पार्टनरले सन् २०१३ को अप्रिलमा यो रिपोर्ट १५ महिनाको अनुसन्धानपछि जारी गरेको थियो ।

करिब २५ लाख फाइलले भर्जिन आइल्याण्ड र कुक आइल्याण्ड जस्ता स्थानमा एक लाख २० हजार कम्पनीभन्दा बढी कम्पनी र ट्रस्टको नाम सार्वजनिक गरेको थियो ।

यसमा पनि राजनेता, सरकारी अधिकारी र उनका सहयोगीहरुको नाम यसमा आएको थियो । यसमा रुस, चीन, अजरबाइजान, क्यानाडा, थाइल्याण्ड र पाकिस्तानबाट पनि केही नाम सार्वजनिक भएको थियो ।

फिलिपिन्सका दबंग शासक फर्डिनान्ड मार्कोसको परिवारको नाम पनि आएको थियो । यद्यपि, आईसीआईजेले यस लिक्सबाट कानुनी कारवाहीका लागि पर्याप्त प्रमाण फेला नपरेको बताएको थियो ।

कसले लिक गरेको थियो ?
आईसीआईजेले दुई फाइनान्सीयल सर्भिस प्रोभाइडर्स, जर्सीको एक निजी बैंक र बहामस कर्पोरेट रजिस्ट्री, को हवाल दिँदै यो फाइल सार्वजनिक गरेको थियो । तर, डाटा कहाँबाट पाइयो भन्ने यसको जानकारी दिइएन ।,एजेन्सी,

प्रतिक्रिया दिनुहोस्