डाइनोसर, गोही तथा चराले पनि बच्चा जन्माउँथे : एक वैज्ञानिक तथ्य



काठमाडौं, ४ फागुन । वैज्ञानिकले डाइनोसर, गोही तथा चराले सोझै बच्च नै जन्माउने गरेको गरेको पहिले प्रमाण फेला परेका छन् । पहिले अण्डा पारेर त्यसबाट बच्चा कोरल्ने प्रजातिका डाइनोसर, गोही तथा चराले सोझै बच्चा नै जन्माउने गरेको प्रमाण फेला पारेको अनुसन्धानकर्ताले बताएका छन् ।

पहिले सोझै बच्चा जन्माउने गरेको यि प्रजातिमा के कारण त्यो क्रम रोकियो भन्ने विषयमा वैज्ञानिकले अनुसन्धान गरिहेका छन् । केही जैविक सुरक्षाका कारण ति प्रजातिले अण्डा पारेपछि मात्रै बच्चा कोरल्ने क्रम सुरु भएको हुन सक्ने वैज्ञानिकको भनाई छ ।

२४ करोड ५० लाख वर्ष पहिलेको लामो घाँटी भएको समुद्री सरिसृप प्राजितको अध्ययनबाट डाइनोसर, गोही तथा चराले पनि पहिले सिधै बच्चा जन्माउने गरेको तथ्य फेला परेको अनुसन्धानकर्ताले बताएका छन् ।

चीनमा भेटिएको परेको समुद्री सरिसृपको जीवाश्मबाट भ्रुण फेला परेको वैज्ञानिकले बताएका छन् । जीवाश्मको अध्ययनबाट त्यो जनावर तीनदेखि चार मिटर लामो रहेको र त्यसको घाँटी मात्रै १ दशमलव ७ मिटर लामो रहेको खुलेको नेचर कम्युनिकेशनमा प्रकाशित अनुसन्धान प्रतिवेदनका लेखक जुन लिउले बताउनुभयो ।

जीवाश्मका भेटिएको भ्रुण झण्डै आधा मिटर लामो रहेको र त्यस भित्र पूर्णरुपमा विकास भएको उसको सन्तानको जीवाश्म भेटिएको उहाँले बताउनुभयो । यसले अहिले अण्डाबाट बच्चा कोरल्ने सबै प्रजातिको प्राजित प्रजनन् प्रणालीका बारेमा थाहा पाउन सकिने वैज्ञानिकले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्