सम्बन्ध विच्छेद गर्ने नेपाली कलाकारहरु



काठमाडौं । बलिउडका हस्ति कलाकारहरुको डिभोर्सको हल्ला व्यापक सुनिन्थ्यो । तर, यतिबेला भने बलिउडलाई समेत पछि पार्दै नेपाली कलाकारहरु धमाधम ‘डिभोर्स’ खबर सनसनी बनिरहेका छन् । केही दिनअघि चर्चित हास्य कलाकार मनोज गजुरेलले पत्नि मिना ढकालसँग सम्बन्ध विच्छेद गरे । यो खबरले फेरी नेपाल समाज तरंगीत बनेको छ । त्यसो त नेपाली कलाकारिता जगतमा मनोज गजुरेल मात्रै अपवाद भने होइनन् । यसअघि दर्जनौँ चर्चित कलाकारले सम्बन्ध विच्छेद गरिरहेकै थिए । हामी तपाईंलाई केही चर्चित डिभोर्स कलाकारको सुची प्रस्तुत गर्दछौँ ।

मनिषा कोइराला : सम्राटसँग जमेन बलियूड हिरोइनको जीन्दगी !
वलिउडमा चर्चा कमाउन सफल नेपाली अभिनेतृ मनिषा कोइराला सन २०१० मा वैवाहिक सम्वन्धमा वाँधिएकी थिइन । व्यवसायी सम्राट दाहालसंग नेपाली संस्कृतिअनुसार विवाह गरेकी कोइरालाले उक्त सम्वन्धलाइ सफल रुपमा निरन्तरता दिन सकिनन् । विहे गरेको दुइवर्ष बित्न नपाउदै सन २०१२ मा उनीहरुले सम्वन्ध विच्छेद गरेका थिए । सम्राटसंगको सम्बन्ध विच्छेद हुनुलाई सकारात्मक रुपमा लिँदै मनिषाले खराब सम्बन्ध धेरै समय राख्न नहुने बताएकी थिइन् । आफुले विवाह गर्न हतार गरेको अनुभव गर्दै सम्बन्ध विच्छेद गरेपछि पनि आफु अन्य सम्वन्धहरु जोड्न तत्काल तयार नभएको मनिषाले बताउँदै आएकी छिन् ।

दुई दशकमा टुङ्गीएको मनोज र मिनाको प्रेम
नेपाली हास्यं व्यङ्ग्य क्षेत्रका किङ हुन् मनोज गजुरेल । दुनियाँलाई हसाउने गजुरेलको आफ्नै पारिवारिक जीवन भने लथालिंग बनेको छ । केही दिनअघि गजुरेलको पत्नि मिना ढकालसँग सम्बन्ध विच्छेद भएको सार्वजनिक भएको थियो । एक अनलाईन टिभिलाई अन्तर्वार्ता दिने क्रममा मनोज गजुरेल सम्हालिएर बस्न नसक्ने भन्दै ‘भित्री वस्त्र समेत धुन नसक्ने’ व्यक्तिको रुपमा सार्वजनिक गरेकी थिइन् । उनीहरुले सम्बन्ध विच्छेदपछि छोरा छोरी भाग लगाएका छन् । मनोजकी पत्नि मिनाले छोरी आफूसँग राखेकी छिन् भने मनोजले आफ्नो साथमा छोरा राखेका छन् ।

सुपर स्टार रेखाको लथालिंग विवाह !
नेपाली चलचित्र क्षेत्रमा रेखा थापाको जति उचाई छ उनलाई त्यो कदसम्म पुर्याउँन छवि ओझाको भूमिका नकार्न सकिँदैन । कुनै समय रेखा थापा र छवि ओझाको जोडी निकै हिट थियो । चलचित्र निर्देशकको रुपमा निकै चर्चित रहेका छवि र रेखाबीच आजभन्दा १७ वर्ष अगाडी विवाह भएको थियो । तर, यी दुईको वैवाहिक सम्बन्ध करिब ४ वर्ष मात्रै टिक्न सक्यो । २०६९ सालमा मा नै उनीहरु एक अर्काबाट अलग्गीएका थिए । नायीका रेखा थापा अहिलेपनि सिंगल नै छिन् । यता छवि ओझाले पनि विवाह गरिसकेका छैनन् ।

भूवन केसी : जसले चार वटीसम्म भ्याए !
चलचित्र क्षेत्रका चर्चित र पुराना नायक हुन् भूवन केसी । नेपाली सिनेमा जगतमा कुनै समय यस्तो थियो की,–भूवन केसी भनेपछि युवतीहरुको ठूलो भिड नै लाग्थ्यो । उनै भूवनको पारिवारिक जीवन भने अस्थिर बनिदियो ।

भूवन केसीले पहिलो विवाह विजया केसीसँग गरेका थिए । आफ्नो बच्चा सहित विजया अमेरिका भासिएपछि सम्बन्ध विग्रीयो । त्यसपछि उनले सुस्मिता केसीसँग विवाह गरे । सुस्मितासँग पनि लामो समय सम्बन्ध टिक्न सकेन । भूवनले सर्मिला डंगोलसँग अफियर चलाए । यता सुस्मिताले डिभोर्स गरिन् । पछिल्लो समय भूवन जिया केसीको साथमा जीवन विताइरहेका छन् ।

प्रीयंका कार्की : रोचकलाई छोडेर आयुषमानको अंगालोमा !
नेपाली सिनेमा जगतमा यतिबेला सबैभन्दा चर्चित नाम हो–प्रीयंका कार्की । उनै प्रीयंकाको वैवाहिक जीवन भने सुखद रहन सकेन । अमेरिकामा बस्दै आएका रोचक मैनालीसँग उनको विवाह भएको थियो । तर, केही वर्ष नवित्दै उनीहरुको संगन्धमा चिसो पन आयो । फलस्वरुप प्रीयंका र रोचकबीच सम्बन्ध विच्छेद भयो । रोचकले त अर्को विवाह नै गरिसकेका छन् । यता प्रियंका पनि मोडल आयुषमान देशराजसँग अफेयरमा छिन् ।

रिमा विश्वकर्मा र रोबर्ट विश्वकर्मा दुई वर्षे प्रेम बालुवामा पानी !
सन् २०१५ मा वैवाहिक सम्वन्धमा गाँसिएको रिमा विश्वकर्मा र रोबर्ट बिकको जोडी पनि धेरै समय टिक्न सकेन । वेलायतमा बस्दै आएका रोबर्ट र नेपाली रंगमञ्चमा छवि बनाउन सफल मोडल रिमा विश्वकर्माबिच केही समयको प्रेम सम्बन्ध पश्चात विवाह भएको थियो । काठमाडौँको हायात होटलमा भव्य तवरले विहे गरेतापनि सम्वन्ध भने दुई वर्ष पनि टिक्न सकेन । सन् २०१७ मा रिमा र रोबर्टले पारपाचुके गरि आधिकारिक रुपमा एकअर्काबाट अलग भएको घोषणा गरेका थिए ।

सम्वन्ध विच्छेदबारे रिमा विश्वकर्माले कसैलाइ दोष नदिई समयको माग भएको बताएकी थिईन् । यता रिमासंगको सम्वन्धमा विराम लागे लगत्तै रोबर्टले अर्की मोडल वर्षा रसाइलीसंग इंगेजमेन्ट गरेका थिए ।

निखिल उप्रेती : एक्सन हिरोको दुई प्रेम विवाह !
कुनै समय नेपाली चलचित्र जगतमा एक्सन हिरोका रुपमा एकछत्र राज गर्न सफल नायक निखिल उप्रेतिको पनि वैवाहिक जीवन भने अस्वभाविक देखिन्छ । कोपिला उप्रेतिसंग प्रेम विवाह गरेका निखिलले नेपाली चलचित्र क्षेत्रकै तत्कालिन ख्याति प्राप्त अभिनेतृ संचिता लुइँटेलसंग दोस्रो विवाह गरे । आश्चर्यजनक कुरा त के छ भने संचिता लुइँटेल आफ्ना पुर्वपति आकाश शाहलाइ त्यागेर निखिल संग दोस्रो पटक वैवाहिक सम्वन्धमा गाँसिन आएकी थिइन ।
आफ्नी पत्नी कोपिला उप्रेतीसंगको सम्वन्ध विच्छेद नगरेरै निखिलले संचितासंग विवाह गरेका हुन । कोपिला तर्फ एक छोरासमेत रहेको निखिलले बताएका थिए । यता संचिताले भने आफ्ना पुर्वपति आकाससंगको सम्वन्ध सन्तोषजनक नरहेको भन्दै निखिलसंग विवाह गरेकी छिन । हाल संचिता लुइँटेलको पनि एक छोरा रहेको छ ।

मिलन आमात्य : गायन क्षेत्रमा चलेकी गायीका तर मेन्सनसँग वैवाहिक ….!
भारतको आसाममा जन्मेकी एक ख्यातिप्राप्त नेपाली गायिका मिलन अमात्यको पनि वैवाहिक जीवन लथालिङग छ । काठमाडौँका मेन्सन अमात्यसंग विवाह गरेका मिलनले परिवारमा सामान्य मनमुटाव परिरहेको कारणले सम्वन्ध विच्छेद गरि स्वतन्त्र भएको खुलाएकी थिइन् । उनी आफु सांगितिक दुनियाँमा व्यस्त रहँदा घरपरिवारलाइ धेरै समय दिन नसकेको कारण अलग हुने निर्णय गरेको बताउँदै आएकी छिन् । कुनै ठुलो मनमुटावको कारणले नभइ खुशिखुशि एकआपसको समझदारिमा सम्बन्ध विच्छेद गरेको उनले बताएकी थिइन् । उनले अलग हुँदा दुवै पक्षलाई फाइदा र जीवन सुखि हुने विश्वास समेत व्यक्त गरिन् ।

अन्जु पन्त : मनोजराजको शंकाले निम्त्याएको पारिवारिक दुर्घटना !
सन् २००२ मा वैवाहिक सम्वन्धमा गाँसिएका चर्चित गायिका अन्जु पन्त र गायक मनोजराज सिवाकोटीको जोडी पनि धेरै समय टिक्न सकेन । श्रीमानले अनावश्यक शंका र नियन्त्रण गर्न खोजेको भन्दै उनले सम्वन्ध विच्छेद गरकी थिइन् । मनोजराज भने आफुले उनलाई नियन्त्रणमा राखेको नभइ माया गरेर राखेको बताउँथे ।

सधै आफ्नै वरिपरि रहिरहोस् भन्ने आफ्नो चाहना भएको उनले बताएका थिए । यता अन्जुले भने धेरै जसो सामान्य कुरामा विवाद हुने र विवादसंगै हात हालाहाल पनि हुने बताएकी थिइन् । विवाहपुर्व हिन्दु धर्म मान्ने अन्जुले सम्वन्ध विच्छेद गरेसंगै धर्म परिवर्तन गरि इसाइ धर्म मानेकी छिन । हाल उनिसंग एक छोरी समेत छिन् ।

अरुणिमा लम्साल : दुखद वैवाहिक जीवन !
वि.स. २०६० र ०७० बिचमा चर्चा कमाउन सफल बनेकी नेपाली चलचित्र जगतकी अभिनेतृ अरुणिमा लम्साल पनि आफ्नो वैवाहिक जीवनलाइ निरन्तरता दिन असफल रहिन् । उनी करिव एक दशकअघि अमित अर्यालसंग वैवाहिक वन्धनमा गाँसिएकी थिइन् । विवाहको शुरुवाती वर्षहरुमै असन्तुष्टि पैदा भएपछि विस्तारै सम्बन्ध चिसिँदै गएको थियो । अमितले आफ्नो व्यक्तिगत स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने आरोप लगाउँदै आएकी अरुणिमाले अन्ततः सन २०१७ मा विवाहको १२ वर्षपछि डिभार्स गरेकी हुन । अमित र अरुणिमाबाट एक छोरी जन्मिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्