पत्यार नलाग्न सक्छ ! सय वर्ष पछि फेरि विहे !



झट्ट सुन्दा पत्यार लाग्दैन । उमेर पुगेपछि बिहे हुन सामाजिक संस्कार नै हो । तर, बरबोटे गाविस इलाममा मंगलबार यस्तो विहे आयोजना गरियो, जहाँ निम्तो मान्नभन्दा रमिता हेर्न पुगेकाहरु खचाखच थिए । निम्तालु र आगन्तुकले ‘बेहुला–बेहुलीलाई टीका लगाएनन् । न त अरु बिहेमा झै उपहार र दक्षिणा नै दिए । बरु, बेहुला बेहुलीबाट चाहिँ टीका र आशीर्वाद लिए । बरबोटे गाविस–७ का एक सय २ वर्षे टैकनाथ भुर्तेल र ९१ वर्षीया इन्द्रछाँयाको मंगलबार दोस्रो पटक बिहेुरहकै शताव्दी उत्सव आयोजना गरियो । बा्रम्हणबाट बेद पाठ गराइयो । गाई दान र आशीर्वाद लिने दिने कार्यक्रम गरियो । कार्यक्रममा स्थानीय राजनीतिक दलका प्रतिनिधी, पेसार्की, सामाजिक अगुवालगायतको उपस्थिति रहेको थियो । धर्मशास्त्रले ठ्याक्कै नबताएपनि धार्मिक विश्वासअनुसार मानिसको उमेर सय वर्ष पुगेपछि दोस्रो जन्म हुने भएकाले पहिलेभन्दा भिन्न विधिअनुसार बिहे गरिदिने चलन समाजमा छ ।

प्रतिक्रिया दिनुहोस्