महानगरमा जथाभावी पार्किङ र फुटपाथमा व्यापार गर्नेलाई कारबाही गरिने



काठमाडौं, १० माघ

जिल्ला प्रहरी कार्यालय कास्की र ट्राफिक प्रहरी कार्यालय कास्कीले सवारी दुर्घटना न्यूनीकरणका लागि पोखराको  लेखनाथ महानगरपालिकामा फुटपाथ व्यापार एवं सवारी साधन पार्किङ गर्नेलाई कारबाही अभियान थालेका छन् ।

दिन प्रतिदिन बढ्दो सवारी साधनको क्रमसँगै दुर्घटनामा पनि बढ्दै गएका कारण यो अभियान थालिएको हो । महानगरलाई स्वच्छ सुन्दर एवं दुर्घटनारहित बनाउने सोचका साथ फुटपाथलाई खुल्ला बनाउने अभियान शुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका सूचना अधिकृत प्रहरी नायब निरीक्षक शिवबहादुर थापाले जाकारी दिनुभयो ।

फुटपाथमा व्यापारिक सामानका साथै सवारी साधन नराख्नका लागि सार्वजनिक रुपमा आह्वान पनि गरिसकिएको बताउँदै उहाँले आगामी दिनमा अटेर गरिएको पाइएमा अधिकतम् कारबाही गरिने जानकारी दिनुभयो ।

त्यस्तै माघ १३ गते सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र १५ गते गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभाभगवतीमा श्रद्धाञ्जलिसभा हुनेछ ।

त्यसैगरी माघ १६ गते सहिद स्मारक लैनचौरमा श्रद्धाञ्जलिसभा हुनेछ । यसैबीचमा महानगरले स्वास्थ्य शिविर तथा विद्यालयस्तरीय वकृत्वकला कार्यक्रमको आयोजना पनि गर्नेछ । करिब २० वर्षपछि कामपाले जनप्रतिनिधिको साथमा सहिद सप्ताह मनाउन शुरु गरेको हो ।

 

प्रतिक्रिया दिनुहोस्