कपाल झरेर तक्लु हुन लाग्नु भो ? निम्न विधिहरु अपनाउनुहोस्



हामीले नुहाउदा कपालमा ध्यान नदिएको कारणले कपाल झर्ने गर्छ । कपाल धुँदा विभिन्न कुराहरुमा ध्यान दिनुपर्छ । कपाल धुने तरिकाले पनि कपाल झर्ने गर्छ जुन कुरा मानिसलाई थाहा नहुनसक्छ ।

कपाल तक्लु हुनबाट बचाउन ख्याल गर्नु पर्ने कुराहरु यस प्रकार छन् :

१) रुमालले कपाल नसुकाउने :
रुमालले कपाल सुकाउन खोज्दा कपाल जर्खरिन्छ र यसकारण कपाललाई हानि हुन्छ । यसको साटो तपाईं टिशर्ट कपालमा बाँध्नुस् वा पेपर ब्लट प्रयोग गर्नुस् ।

२) अति सर्वत्र वर्जयेत् :
तपाईंले टन्न श्याम्पू वा कन्डिस्नर प्रयोग गर्दा कपाल राम्रो हुन्छ भन्ने ठान्नुहुन्छ भने त्यो गलत हो । धेरै हालेर जितिने यो कुनै प्रतियोगिता होइन, थोरै काफी छ ।

३) हल्का माड्नुस् :
भाँडा माझेजस्तो गरी टाउको घोट्नुभयो भने कपालमा समस्या आउँछ । यसो गर्दा कपाल झर्छ र कमजोर हुन्छ । हल्का मात्र माड्नुस् र कपाललाई हानिबाट जोगाउनुस् ।

४) फेदबाट टुप्पोतिर :
कपालको सबभन्दा महत्वपूर्ण कुरा भनेको जरो हो । कन्डिस्नरलाई कपालको फेदबाट टुप्पोतिर लगाउँदा तपाईंको कपाल नरम हुन्छ ।

५) श्याम्पू राम्रो चीज होइन :
विज्ञापनहरूमा श्याम्पूका कारण कपाल नरम हुने भनी देखाइएको हुन्छ । यसो हुँदैन । लामो समयसम्म श्याम्पू प्रयोग गर्दा कपाललाई फाइदा भन्दा पनि हानि गर्छ । तिनीहरूमा भएका रसायनले तपाईंको कपाल सुक्खा हुन्छ र कपाल झर्न थाल्छ । यसको साटो विशुद्ध पानीले कपाल धुनुस् ।

६) तातोपानीले ननुहाउनुस् :
दिनभर काम गरेर थाकेपछि तातो शावरमा छिर्न मन त लाग्छ तर यसरी तातो पानी टाउकोमा हाल्दा कपाल झर्छ । मनतातो पानीले नुहाएको ठीक । सम्भव भएसम्म चीसो पानीले कपाल नुहाउँदा त्यसले आराम पाउँछ ।

७) कन्डिस्नरको प्रयोग :
कन्डिस्नरको प्रयोगपछि धेरैजनाले त्यसलाई काम गर्न नदिइकन धोइहाल्छन् । तपाईं यो गल्ती नगर्नुस् । एउटा निश्चित समयसम्म कन्डिस्नरलाई टाउकोमा रहन दिनुस् । अनि कहिल्यैपनि चीसो कपालमा कन्डिस्नर नलगाउनुस् । सुक्खा कपालमा लगाएर केही समयपछि धुनु नै सही तरिका हो ।

प्रतिक्रिया दिनुहोस्