जान्नुहोस ! कुन बेला शरीरमा प्याज दल्दा कस्तो फाइदा हुन्छ ?



लाम्खुट्टेले टोक्दा
लाम्खुट्टेले टोकेर रातो भएको छ भने त्यहाँ प्याज काटेर दल्नुस् । फुलेको र फोका आएको पनि निको हुन्छ ।

कपाल झरेको
कपाल धेरै झर्ने गरेको छ भने टाउकोको छालामा काटिएको प्याज दल्नुस् । कपाल झर्न बन्द हुन्छ ।

कुकुरले टोक्दा
कुकुरले टोक्यो भने प्याज पिँधेर त्यसमा मह मिसाएर पेस्ट बनाएर लगाउनुस् । संक्रमण रोकिन्छ अनि तत्कालै डक्टरकोमा गइहाल्नुस् ।

पैताला पोल्दा
कसैकसैलाई पैताला पोलेर आत्तिने स्थिति आइलाग्छ । यस्तो समस्या छ भने पैतालामा प्याज दल्नुस् । पोल्न छोड्छ ।

छालाको संक्रमण
छालामा संक्रमण भएको छ भने उक्त भागमा प्याजको टुक्रा दल्नुस् । संक्रमण हराउँछ ।

प्रतिक्रिया दिनुहोस्