थाहापाइराखौं ! पानीसँग निम्न कुराहरु मिसाएर खादा पेटलाई फाइदा गर्छ ।



१. आधी आधी चम्चा ठूलो अलैंचीको धूलो र मिश्री मिसाएर बिहानबेलुका पानीसंग खाने गर्नुस् ।

२. दिनदिनै दुई चम्चा कागतीको रसमा तीन चिम्टी जाइफलको धूलो मिसाएर पिउनुस् ।

३. एक कप पानीमा एक एक चम्चा जीरा र सूप हालेर उमाल्नुस् । मनतातो भएपछि पिउनुस् ।

४. दिनदिनै हींगको पानीमा कपडा भिजाएर नाइटोमा १५ देखि ३० मिनेट राख्नुस् ।

५. एक चौथाइ चम्चा सुकेको अदुवाको धूलो, एक चम्चा सूप र आधी चम्चा मिश्री मिसाएर दिनदिनै बिहान बेलुका खानुस् ।

६. दिनमा चारचोटि एक गिलास मनतातो पानी पिउनुस् ।

७. दुई गिलास पानीमा दुई चम्चा धनियाँको धूलो मिसाउनुस् ।

८. अब त्यसमा आधी चम्चा सुकेको अदुवाको धूलो हाल्नुस् ।

९. यो घोललाई मधुरो आगोमा पाँच मिनेटसम्म तताएर काँढा बनाउनुस् ।

१०. तयार भएको काँढाको चार चार चम्चा बिहान र बेलुका पिउनुस् । पेट ठीक हुन्छ ।

११. हरीतकी वा हरडको धूलो बिहानबेलुका महसँग लिने गर्नुस् ।

प्रतिक्रिया दिनुहोस्