नालापानी युद्ध : दुईसय वर्षअघिको युद्ध



११ माघ: सन् १८१४ को अक्टोबर ३० र ३१ । नेपाली र अंग्रेज फौजबीच भीषण लडाईं भएको नालापानी खलङ्गा ।
अक्टोबर ३० को रातिदेखि अक्टोबर ३१ सम्म अंग्रेज फौजले नालापानी किल्लामा धावा बोल्दा बलभद्र नेतृत्वको नेपाली फौजले उच्च युद्ध कौशलता, सहास, वीरता, सौर्य, पराक्रम साथ भाला, खकुरी, खुँडा, तरवार र भरुवा बन्दुकले प्रतिरोध गर्यो । अंग्रेज विरुद्धको त्यो प्रतिरोध युद्ध विश्वको युद्ध इतिहासमा सबैभन्दा बहादुरीको उत्कृष्ट नमूना रहेको थियो । युद्धमा अंग्रेज सेनापति मेजर जनरल सर रोबर्ट रोले जिलेस्पी, केसीबीको मृत्यु भयो । अंग्रेजले ३१ अफिसर्स र ७५० सेनालाई गुमायो भने ३५ अफिसर्स र १५ सय भन्दा बढी अंग्रेज सेना घाइते भए । नेपाली फौजतर्फ पनि करिब ३०० जतिको मृत्यु भएको थियो भने २ सय घाइते भएको अनुमान गरिएको छ ।
संसारकै युद्ध इतिहासमा यो एउटा यस्तो अद्वितीय क्षण थियो, जहाँ दुश्मन सेनाको प्रशंसामा कसैले युद्ध स्मारक बनाउँदै थियो । नेपाली फौजको वीरता र सहासका सामू अंग्रेज फौजको मानसिक हार भएको यो एउटा उत्कृष्ट उदाहरण मान्न सकिन्छ ।
२०० वर्ष अघिको घटना । तर, नालापानीले नेपालीलाईं सधैंभर झक्झकाइ रहन्छ । बिडम्बनै भन्नुपर्छ नालापानीलाई सम्झिन सकेन, मुलभूमि नेपालले । वीरताको चिनोलाई नेपालले चिन्न सकेन । विशाल नेपालका लागि वीर योद्धाहरुको वलिदानलाई काठमाडौंको केन्द्रीय सत्ताले सम्मान गर्न सकेन …

प्रतिक्रिया दिनुहोस्