आँचल शर्मा किन पलसँग मात्रै ?



मोडलिङबाट सिनेमाक्षेत्रमा प्रबेश गरेकी नायिका हुन् आँचल शर्मा । आँचलले अहिलेसम्म नाई नभन्नु ल ४, जोनी जेन्टलम्यान र शत्रुगते तीन ओटा सिनेमामा अभिनय गरिसकेकी छिन् । उनले अभिनय गरेको सिनेमामा नायक पल शाह नै छन् । अझ भन्नु पर्दा आँचल–पल व्यक्तिगत रुपमा पनि धेरै नजिक छन् ।

आँचलले जुन कुनै कार्यक्रममा पल मिल्ने साथि मात्र भनिरहेकी हुन्छीन् । उनिहरुले दर्जनौँ म्युजिक भिडियोमा एकसाथ काम गरिसकेका छन् । उस्तै परे, पल आफूलाई आएको प्रोजेक्टमा आँचललाई पनि सिफारिस गर्छन् । तर, पल चम्किएको सिनेमा ‘म यस्तो गीत गाउँछु’ मा हिरोइन आँचल होइन, पूजा शर्मा थिइन् । तर, आँचलले चाहिँ अन्य हिरोसँग अनस्क्रिन गरेकी छैनन् । के अब पनि आँचलले पल सगँ मात्र माक गर्छिन् त ?

प्रतिक्रिया दिनुहोस्