निर्वाचनमा जान  भेनेजुयाली राष्ट्रपति मादुरो तयार



कराकस, भेनेजुएला, १० माघ : भेनेजुयलाको संबिधान सभाले आगामी अप्रिल ३० भित्र निर्वाचन गर्न निर्देशन दिएको छ ।

राष्ट्रपति निकोलास मादुरोले आँफू निर्वाचनबाट पुनः जनादेश लिई दोस्रो कार्यकाल सम्हाल्न तयार रहेको मङ्गलबार बताउनुभएको थियो ।

सरकारले निर्वाचनको घोषणा प्रजातान्त्रिक अधिकारका लागि गरेको मादुरो विरोधी आन्दोलनलाई दबाएको भन्दै यूरोपियन यूनियनले भेनेजुयलाका सात उच्च पदस्थ अधिकारीलाई यूरोप प्रबेशमा प्रतिबन्ध लगाएपछि भएको हो ।

सभाका उप–प्रमुख तथा प्रतिबन्धित सदस्य डियोसदादो कावेलोले भन्नुभयो, “यदि विश्वले प्रतिबन्दलाई कार्यान्वयनमा लान चाहने हो भने हामी निर्वाचनमा जान्छौँ । भेनेजुयलाका बोलिभरिएन (सायमन बोलिभरले १९ औँ शताब्दीको शुरुमा भेनेजुयला र ल्याटिन अमेरिकामा चल्तीमा ल्याएको राजनीतिक तथा सामाजिक न्यायको सिद्धान्त) शक्तिले चाहेको पुनः निर्वाचन नै हो भने मैले उम्मेदवारी दिन तयार छु । ”

पूर्व राष्ट्रपति ह्युगो चाभेजको मन्त्रीपरिषद्मा विदेश मन्त्रीको जिम्मेवारी सम्हालेका मादुरोले चाभेजको क्यान्सरको उपचारका क्रममा सन् २०१३ मा निधन भएपछि राष्ट्रपतिको भूमिका पाउनुभएको थियो ।

मादुरोको गठबन्धन सरकारमा करिब दुई दर्जन फरकफरक विचार बोकेका दलहरूको सम्लग्नता रहेको छ ।

गतबर्ष भेनेजुयलामा खाद्यान्न अभाव, उच्च मुद्रास्फिति, गिर्दो तेल उत्पादन लगायतका कैयौँ समस्या समाधानका लागि सरकार असफल भएको भन्दै यहाँको ठूलो जनसङ्ख्या विरोधमा उत्रिँदा अर्थतन्त्रमा नराम्रो प्रभाव परेको थियो ।

प्रतिक्रिया दिनुहोस्