रोहिङ्ग्या बालबालिकाको सुरक्षा बढाऊ : युनिसेफ



ढाका, १० माघ : घर फर्काउन लागिएका रोहिङ्ग्या बालबालिकाहरुका लागि म्यानमारमा सुरक्षा व्यवस्था बढाउन युनिसेफले आग्रह गरेको छ ।

युनिसेफको उप कार्यकारी निर्देशक जस्टीन फोरसीथले बङ्लादेशबाट म्यानमार लैजान लागिएका बालबालिकाहरुका लागि अहिलेकै सुरक्षा अवस्था सन्तोषजनक नभएको बुधबार बताउनु भएको हो ।

“शरणार्थीहरु मध्ये ५८ प्रतिशत बालबालिका रहेका छन्, ती मध्ये केही बालबालिका अहिले सम्म पनि हिंसाका कारण घाइते अवस्थामा छन्,” उहाँले बङ्लादेशको शरणार्थी शिविरको अध्ययन भ्रमणका शिलशिलामा बताउनुभयो ।

युनिसेफले जारी गरेको वक्तव्यमा भनिएको छ, “उनीहरुको अधिकार र आवश्यकता संकटपूर्ण अवस्थामा छ, त्यसैले म्यानमार फर्किन उनीहरुलाई संरक्षण र सहयोगको खाँचो छ, म्यानमार फर्किनु अघि नै उनीहरुको सुरक्षा र र सम्मानको सुनिश्चितता हुनुपर्दछ ।”

बङ्लादेशको कुटुपालोङ शिबिरमा आश्रय लिईरहेका छ लाख ८८ हजार रोहिङ्ग्या शरणार्थीहरु गत बर्षको अगस्तमा म्यानमारको राखिने राज्यमा भड्कीएको हिंसाका कारण सिमा पार गरेर शरणार्थी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्