आइएसको ‘कुखुरा बम’



अन्तरास्ट्रिय आतंकवादी संगठन आइएसले विश्वसमुदायमा डर, धम्कि बढाउन नया उपाय आपनाएको छ । आइएसले ‘कुखुरा बम’ बनाएर सबैको ध्यान आफै तर्फ तानेको छ । इस्लामिक राज्यको माग गर्दै इराक र सिरियामा आतंककारी गतिविधि गरिरहेको जिहादी लडाकूको समूहले रिमोट कन्ट्रोलबाट बिष्फोट गर्न सकिने गरी कुखुरालार्इ बमकारुपमा विकास गरेको हो । हालै सार्बजनिक फोटोमा कुखुराको शरिरमा बम जडान गरिएको देख्न सकिन्छ ।

सैनिक सुरक्षा क्याम्पमा आइएसले त्यस्ता कुखुरा छिराएर वमका रुपमा विष्फोट गर्न सक्ने अनुमान गरिएको छ । आइएसका लडाकूले ुकुखुरा बमु निर्माण गरिनुलाई आइएसको कुखुराको जत्रो दिमागु भएको भन्दै इन्टरनेटमा उनीहरुको विरोध भएको छ । तर, आइएसका समर्थकहरुले भने यो कामको प्रशंसा गर्दै सामाजिक सञ्जालमा फोटो सेयर गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्