स्मरणशक्ति बढाउन अपनाउनुहोस निम्न उपायहरु



मानिसको सोच्न सक्ने र सम्झन सक्ने क्षमतालाई स्मरणशक्ति भनिन्छ । अहिलेको समयमा मानिसहरु धेरै तनाब लिने गरेको पाइन्छ। यसले गर्दा उनीहरुको स्मरणशक्ति कम्जोर हुने गर्दछ। कुनै पनि कुरा छिट्टै बिर्सने समस्या अहिलेको युवाहरुमा पनि देखिन थालेको छ । त्यसैले अहिलेको समयमा स्मरणशक्ति कसरि बढाउने भन्ने कुरा मुख्य बिषय हुन थालेको छ । हामी हाम्रो दैनिक बानीमा परिवर्तन ल्याएर आफ्नो स्मरणशक्ति बढाउन सक्छौं ।

स्मरणशक्ति बढाउनने उपायहरु यस प्रकार छन् :
१) ध्यानपुर्वक सुन्ने :
यदि कसैले भनेको कुरा हामीले ध्यानपुर्वक सुनेका छौँ भने हामीलाई त्यस्ता खालका कुराहरु बिर्सन गाह्रो हुन्छ । त्यसैले पढ्ने समयमा हामीले अन्ततिर आफ्नो ध्यान नलगेर पदने बानी बसालीम भने पढेको बिर्सिने गरिदैन ।

२) फिट रहने :
हामी उमेरले बुढो हुन आटेपानी आफ्नो शरीरलाई सधैं फिट राख्न खोज्नुपर्छ । फिट रहनाले दिमाग पनि ताजा रहने गर्छ । त्यसैले कुनै पनि कुरा सजिलैसँग याद रहने गर्छ । यसका लागी हामीले एरोबिक ब्यायामहरु गर्नुपर्छ । एक्सरसाइजले दिमागका लागि टनिकको काम गर्छ । यसबाट मस्तिष्कको रक्तप्रवाहमा सुधार आउँछ । साथै सोच्ने, बुझ्ने शक्ति र स्मरणशक्ति आफसेआफ बढ्न थाल्छ ।

३) लेख्ने बानी :
हामीले सजिलै सँग भुल्ने कुराहरुलाई लेखेर याद गर्ने गर्नुपर्छ । लेख्नका लागि डायरी, इमेल वा मोबाइलको प्रयोग गर्न सकिन्छ । कसैको फोन नम्बर याद राख्नु छ भने त्यसलाई टुक्रा-टुक्रा बनाएर सम्झिने कोसिस गरौं ।

४) चिट बनाएर टास्ने :
यदि कोही मानिस आफुले गर्ने नियमित काम पनि बिर्सने गर्छन् भने त्यसका लागी चिट बनाएर आफुले देख्ने ठाउँमा टास्ने गर्नुपर्छ । यसो गर्नाले आफुलाई याद रहने गर्छ ।

५) दिमागी खेल :
दिमाग लगाउने खेलहरु खेल्ने गरेमा दिमागको प्रयोग बादी हुन्छ । यसले गर्दा दिमागलाई हरेक कुरा सम्झना मद्धत पुग्छ । दिमाग बिस्तारै तेज बन्दै जान्छ ।

६) पढ्ने बानी :
बढिभन्दा बढि पढ्ने बानी गरौं । साहित्यिक किताब पढ्नुृस । यसबाट शब्दभण्डार बढ्नुका साथै दिमाग पनि खुल्नेछ । थुप्रै प्रसिद्ध वक्ताहरुले यही उपायबाट सफलता पाएका हुन् ।

७) सन्तुलित आहार :
अनुसन्धानबाट पत्ता लागेको छ कि भिटामिनहरुबाट भरिपूर्ण सन्तुलित आहार लिनाले स्मरणशक्ति, शब्दप्रवाह आदिमा सुधार आउँछ । बी कम्प्लेक्सको भिटामिन्स, खासगरी नियासिन र बीटा क्यारोटीन विशेष उपयोगी छन् ।

प्रतिक्रिया दिनुहोस्