‘देउताको डर’ ले कहाली लाग्दो दिन काट्छन् हुम्लाका महिला



हिउँदको माईनस् १० डिग्रीको जाडो, खुल्ला ढोका, चिसो हावाहुरी, भत्किन लागेको साँघुरो गोठमा ४ देखि ६ दिन सम्मको बसाई, हुम्लाका महिलाले महिनावारी भएको बेला जिउनु पर्ने एक कहाली लाग्दो वास्तविकता हो ।

जब महिनावारीको समय आउँछ, उनीहरुलाई मनोडर त्यही र कहाली लाग्दो गोठको वातावरणले सताउँछ । सुत्केरी हुने बेलामा प्रशस्त पोषणयुक्त खाना, न्यानोघर र कपडा एक सपनामा मात्र सीमित भएको छ हुम्लाको महिलाहरुका लागि ।

सुरुको वर्षमा छाउ अर्थात महिनावारी हुँदा किशोरीले लाजले घरका परिवारलाई भन्न हिचकिचाउने गरेका छन् । सिधै गोठमा बास बसेमा सबैले थाहा पाउने, नबसौँ घरमा देउता लाग्ने डर उनीहरुले पाल्दै आएको भ्रम र यथार्थता हो ।

हुम्लाका अधिकांश गाउँमा महिलाले महिनावारी, सुत्केरी हुँदा बस्नको लागि घर भन्दा छुट्टै ओढार वा छाउ गोठमा बस्नु पर्ने अवस्था अझै रहेको छ । यो एक प्रथाको रुपमा विकसित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्