कस्तो अचम्म ! १०२ बर्षमा विद्यावारिधिको उपाधि



पढ्ने इच्छा हुदाहुदै पनि धेरै कारणहरुले मानिसहरुलाई रोकिरहेका हुन्छन । त्यस्तै १०२ बर्षीय इन्गेबर्ग स्यलिमले पनि विद्यावारिधिको उपाधि पाउनलाई झन्डै ८० वर्ष कुर्नु पर्यो ।

विश्वकै सबैभन्दा बढी उमेरमा विद्यावारिधि लिएर रेकर्ड राखेकी स्यलिम १९३८ मा थेसिस सकेर उपाधिको लागि तयार थिईन तर नाजिसहरु सत्तामा आएपछि उनि उपाधि लिनबाट बन्चित भईन ।

हामबरी बिश्वबिध्यालयबाट नवजात शिशुको स्याहारसुसार सम्बन्धि बिषय मा १९३८ मा नै पुरै पढाई सकेकी उनले नाजिसका कारणले गर्दा जागिरबाट पनि बन्चित भएकी थिइन । सुपरभाइजरले उनलाइ पत्र लेख्दै नजिसहरुको नियम कानुन बिपरित भएकोले स्यलिमलाइ डिफ़्टेरिया सम्बन्धि कार्यको लागि चुन्न नसकेको जानकारी दिएका थिए । नजिसहरु सत्तामा आएपछी उनीजस्त धेरै मानिसहरु पठन पाठन बाट बन्चित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्