कुकुरको यौन सम्पर्क हेर्नु अशुभ



एजेन्सी : भनिन्छ, विहानले दिनका संकेत गर्दछ । शास्त्रले पनि बिहान के भएमा दिन शुभ हुने र के भएमा अशुभ हुने ? भन्ने बारेमा केही चर्चा गरेको छ ।बिहानमा दुलही देखेमा शुभ हुने शास्त्रमा उल्लेख छ । उठ्ने बित्तिकै सिँगारपटार गरेकी दुलही देख्ने ब्यक्तिको दिनभर काम सम्पन्न हुन्छ । आँखा खोल्ने बित्तिकै बेद वा बेद बोकेको ब्राम्ह्ण देखेमा पनि राम्रो मानिन्छ ।

बिस्तारमै गाइको आवाज सुनिएमा उक्त दिन फलिफाप मानिन्छ । अझ शयन कक्षबाट निस्कने बित्तिकै कालो रंगको गाई देखेमा झन् शुभ हुन्छ । बिहान उठ्ने बित्तिकै आगो देखेमा उक्त दिन उर्जामा बित्ने शास्त्रमा उल्लेख गरिएको छ । हवन गरिएको देख्नु पनि उत्तिकै फलदायी मानिन्छ ।

शास्त्रमा भनिएको छ । ‘कराग्रे वसते लक्ष्मी करमध्ये सरस्वती । करमूले तू गोविन्दः प्रभाते करदर्शनम् ।।’अर्थात हातमा लक्ष्मी, सरस्वती र गोविन्दको वास हुन्छ । यसकारण बिहान उठ्ने बित्तिकै नियमित रुपमा हात हेर्नाले राम्रो प्रभाब पर्ने र दिन शुभ रहन्छ ।

शास्त्रमा नराम्रो के कारणले भन्ने कुरा पनि उल्लेख गरिएको छ ।शास्त्रमा भनिएको छ–‘पापिष्ठं दुर्भागां मद्यं नग्नमुत्कृत्तनासिकम् । प्रातरुत्थाय यः पश्येत्तत्कलेरुपलक्षणम् ।।’ बिहान उठेर दुराचर स्त्री, रक्सी, नाङ्गो ब्यक्ति र अधर्मी ब्यक्तिहरु देखे भने उक्त दिन अशुभ हुन्छ । बिहान बिहान कुकुरले यौन संपर्क राखेको देख्नु पनि अशुभ हो ।

प्रतिक्रिया दिनुहोस्