‘किस’ गर्नुअघि यी कुरामा बिशेष ध्यान दिनुपर्छ



काठमाडौं, १२ माघ

युवा युवतीमा माया प्रेम गर्ने र त्यसलगत्तै चुम्बन अर्थात किस गर्ने चलन सामान्य हुँदै गएको छ । चुम्बन गर्दा भने केही विषयमा विशेष ध्यान दिनुपर्छ । होइन भने मायाप्रेम तोडिन सक्छ । चुम्बन गर्दा मुखको सरसफाइमा ध्यान दिनु आवश्यक छ । नियमित रूपमा मुखको सफाइ गर्नुपर्छ, जसका लागि माउथ वास र नियमित बिहान–बेलुकी पेस्ट प्रयोग गर्न सकिने चिकित्सकहरूको सुझाव छ ।

चुम्बन गर्दा मुखमा हुने थूक तथा साससम्बन्धी रोगका कारण संक्रमण हुन सक्छ । त्यसलाई चेकअप गर्नुपर्छ ।

यसैगरी चुम्बन गर्दा क्षयरोग, मेनिन्जाइटिस, हेपाटाइटिस बीजस्ता खतरनाक रोग पनि थूक तथा रगतमार्फत सर्न सक्ने भएका कारण त्यसमा पनि ध्यान दिनुपर्छ ।

धूम्रपान गर्ने तथा नगर्ने, मुख फोहोर राख्ने कतिपय मानिसको गिजाबाट रगत आउने समस्यालाई ‘जिन्जिवाइटिस’ भनिन्छ । यस्तो अवस्थामा चुम्बन गर्दा तथा एउटै ब्रस प्रयोग गर्दा पनि संक्रमण हुने सम्भावना हुन्छ ।

धेरैजसोले स–साना बालबालिकालाई ओठमै चुम्बन गर्छन् । यसो गर्दा ठूला मानिसको मुखको कीटाणु बालबालिकामा सर्न सक्छ, तसर्थ मुखै जोडेर ओठमा चुम्बन गर्नुभन्दा पनि गाला, निधार तथा हातमा चुम्बन गर्न सकिन्छ ।

चुम्बन गर्नुअघि ब्रस गरे संक्रमण हुने सम्भावना कम हुने चिकित्सकहरूको सुझाव छ ।-एजेन्सी

 

 

प्रतिक्रिया दिनुहोस्