सम्पदास्थलमा सरसफाइ



काठमाडौँ, १२ माघ : सम्पदा संरक्षण समाजले भीमसेनस्थान र वरपर क्षेत्रका मन्दिर तथा सम्पदास्थलमा आज सरसफाइ गरिएको छ ।

स्थानीय सम्पदा संरक्षण गरी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सो क्षेत्रमा सरसफाइ गरिएको हो ।

सांसद जीवनराम श्रेष्ठले सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर र स्वयम्भू दुबै क्षेत्रलाई सम्पदा पैदल मार्गका रुपमा विकास गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

हाम्रो पूर्वजका मेहेनतले सिर्जना भएका सम्पदाले अहिले नेपाल र नेपालीलाई विश्वमा गौरब बढाएको उल्लेख गर्दै उहाँले सम्पदालाई स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रियको रुपमा वर्गीकरण गरी त्यसलाई प्राथमिकताका आधारमा संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रदेश सांसद राजेश शाक्यले विगतमा भूकम्पका कारण उक्त क्षेत्रका अधिकांश सम्पदास्थल कमजोर अवस्थामा रहेकाले त्यसलाई चाँडो मर्मतसम्भार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

समाजका अध्यक्ष सरोज सायमीले प्राचीन समयदेखिका इनार, कुवा, मठ मन्दिरलगायत सम्पदास्थल रहेको सो क्षेत्रलाई सुन्दर र सफा गरी व्यवस्थित गर्न स्थानीयवासीको अग्रसरता चाहिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्