जानी राखौं, सेक्स गर्दा यी रोगहरु निर्मुल हुन्छ



काठमाडौं, १२ माघ

डिप्रेसनको जोखिम घटाउँछ

सेक्सले महिलामा डिप्रेसन हुने जोखिम कम गराउँछ । पुरुषको वीर्यमा एस्ट्रोजेन र प्रोस्टाग्लेन्डिनजस्ता तत्व पाइन्छन् । यस्ता तत्व महिलाको योनिमा सेचन हुन पुग्छन् । यिनमा डिप्रेसनविरोधी गुण पाइन्छन् ।

टाउको दुखाइ घटाउँछ

महिलालाई टाउको दुखेको छ भने सेक्स गर्नाले दुखाइ कम हुन्छ । महिलाको जी–स्पटमा सेक्सका क्रममा हुने स्पर्श र घर्षणले महिलाको टाउको दुखाइ कम गर्छ । सेक्सका क्रममा उत्सर्जन हुने ओक्सिटोसिन नामक तत्वमा पेनकिलरमा पाइने तत्व उपलब्ध हुन्छ, जसले अन्य दुखाइबाट राहत दिन्छ ।

स्मरणशक्ति बढाउँछ

नियमित सेक्स गर्ने व्यक्तिको स्मरणशक्ति अरूको भन्दा बलियो हुन्छ । नियमित सेक्स गर्दा स्मरणशक्ति बढाउने दिमागको भाग बढी सक्रिय हुने गर्छ ।

मीठो निद्रा लगाउँछ

सेक्सपछि खास गरी पुरुषलाई मीठो निद्रा पर्छ । वीर्य स्खलनसँगै पुरुषको शरीरबाट अक्सिटोसिन बाहिर निस्किन्छ, जसले गर्दा पुरुषले निद्रा महसुस गर्छ ।

 

प्रतिक्रिया दिनुहोस्