काठमाडौं, १२ माघ
बिहेको निर्णय सबैलाई लागि महत्त्वपूर्ण हुन्छ । बिहेको बन्धनमा बाँधिएर दुई व्यक्ति एक हुन्छन् । तर यहाँ हामी एक अनौठो बिहेको बारेमा कुरा गरिरहेका छौं ।
यो बिहेमा दुई नभई तीन मानिस बिहेको बन्धनमा बाँधिएका छन् । एक दुलाहाले दुई दुलहीसँग बिहे गरे अनि दुवै दुलही राजीखुशी एकअर्कालाई स्वीकार गरे ।
घटना भारतको हो । त्यहाँ रतु नामक व्यक्तिले शर्मिला नामकी युवतीसँग प्रेम गरे । उनी अर्को गाउँमा बस्थिन् । परिवारले नमान्दा दुवैले भागेर लिभ इन सम्बन्ध बनाएर बसे ।
उनीहरूले यत्तिकै दुई बच्चा समेत जन्माए । केही समयपछि भने रतुले शर्मिला नामकी अर्की महिलालाई पनि मन पराउन थाले ।
उनले पहिली शर्मिलालाई दोस्री शर्मिलासँग प्रेम बसेको बताए । शुरुमा त उनले चित्त बुझाइनन् तर पछि उनले मानिन् । रतुले आफ्ना दुवै प्रेमिकालाई भेटाए र दुवैले रतुसँगै बिहे गर्ने निर्णय लिए ।
त्यसपछि रतुले दुवैसँग बिहे गरे । अहिले उनीहरू सँगै बस्छन् र आनन्दित छन् । दुवै युवतीहरू एकअर्कालाई दिदीबहिनी ठान्छन् र प्रेम गर्छन् । उनीहरू पतिको प्रेम बराबरी पाएको बताउँछन् । एजेन्सीको सहयोग