जब निरासा बढ्न थाल्दछ, यी ३ कुरालाई ध्यान दिनुहोस्



काठमाडौं, १२ माघ

कहिलेकाहीँ कुरा कुरा बिगि्रँदा मनमा निरासाले डेरा जमाउँछ । यस्तो निरासा तथा चिन्ता कहिलेकाहीँ निकै घातक पनि हुनसक्छ र मानिसलाई डिप्रेसनमा समेत पूराउन सक्छ ।

त्यसैले निरासापनले निम्त्याउने जोखिमबाट बच्नका लागि यी कुराहरु मनन गर्नुपर्छ:

जिन्दगीले तपाइँलाई ती सबै अनुभव प्रदान गर्दछ जो तपाइँको चेतनाको विकाशका लागि सहयोगी हुन्छन् । त्यसैले जिवनमा विभिन्न घटना घट्दछन् अनि अनेक प्रकारका मानिसहरु आफ्नो जिन्दगीमा उँदछन् । यी सबै घटना परिघटनाले हामीलाई समृद्ध बनाउने अनुभव प्रदान गर्दछन् । सम्बन्ध टुट्नु कुनै गल्ती हेाइन । जिवनमा कोही भित्रिने र कोही बाहिरिने भई नै रहन्छ । यो कुरा बुझ्नुपर्दछ ।
जिवनमा कुनैपनि चिज स्थायी होइन । हरेक अनुभव तथा घटनाको असर समयसँगै सकिँदै जान्छ । त्यसैले कदम अघि बढाउनुहोस् र दोश्रो कदम त्यसभन्दा अघि राख्नुहोस् । जिवन यसरी नै अघि बढ्दछ । स्वीकार गर्नुस् की हाम्रो चेतनाको सहने क्षमता निकै अद्भुत छ । यही लचिलोपनाले हामीलाई मानव बनाएको हुन्छ ।
आफ्नो खुबीहरुको सूचि बनाउनुहोस् । आफ्ना उपलब्धी तथा सद्गुण वा क्षमताको बारेमा पहिले आफैले जानकारी हासिल गर्नुहोस् । यदि लेख्न सक्नुहुन्छ भने लेख्नुहोस् र बारम्बार सम्झिनुस् । जब पाइँलाई समस्याले घेर्दछ, तब ती कुरा पढ्नुहोस् र आत्मबल बटुल्नुस् । यसले हाम्रो आत्मसम्मान फिर्ता हुन्छ र भविष्यलाई सकारात्मक दृष्टिबाट हेर्न थालिन्छ ।

प्रतिक्रिया दिनुहोस्