अमेरिकाको भर्जिनियामा निमा रुम्बाले सांगीतिक धमाका मचाउने



काठमाडौं, १२ माघ

नेपाली गायन क्षेत्रका ख्यातीप्राप्त गायक निमा रुम्बाले अमेरिकामा लाइभ परफरमेन्स गर्ने भएका छन् ।

तामांग सोशाईटी अफ् ग्रेटर वाशिंगटनको आयोजनामा  आगामी फेब्रअरी १७ तारिख शनिबार अमेरिकाको भर्जिनियामा हुन गईरहेको खि ल्होशारमा साँगितिक धमाका मच्चाउन नेपाल देखि गायक रुम्बा अमेरिका आउने भएका हुन् ।

गायक रुम्बाका साथ अर्का पप गायक एन्जल ब्याण्डका राजु लामा, हरिश माथेमा, राजेश खड्की, बिजय भट्टराई, मोक्ष मन्त्र लगायतले अमेरिकामा सांगीतिक धमाका मच्चाउने कुरा आयोजक संस्थाका अध्यक्ष उत्तर लामाले डिसी नेपाललाई बताए।

कार्यक्रमका बारेमा थप जानकारी प्राप्त गर्न व्यानरमा हेर्नुहोला ।

प्रतिक्रिया दिनुहोस्