सम्पदा संरक्षणको उद्देश्यले भीमसेनस्थानमा जननिर्वाचितको सरसफाई कार्यक्रम (भिडियो सहित)



काठमाडौँ, १२ माघ : स्थानीय सम्पदा संरक्षण गरी पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सम्पदा संरक्षण समाजले काठमाडौ महानगरपालिका वडा नं २० भीमसेनस्थान र वरपर क्षेत्रका मन्दिर तथा सम्पदास्थलमा आज सरसफाइ गरेको छ ।

सांसद जीवनराम श्रेष्ठले सरसफाइ कार्यक्रमको शुभारम्भ गर्दै विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर र स्वयम्भू दुबै क्षेत्रलाई सम्पदा पैदल मार्गका रुपमा विकास गर्ने तयारी भइरहेको र  फोहोर मैला व्यवस्थापनमा सबै नागरिक ,विद्यार्थी र युवाहरुले सकारात्मक भूमिका खेल्नु पर्ने भन्दै फोहोरमैला सहि तरिकाले बयावास्थापन गर्न सके त्यसले बहुआयामिक फाइदा दिने
बताए ।

उक्त सरसफाई कार्यक्रममा प्रतिनिधि सभा सदस्य माननीय जीवनराम श्रेष्ठ ,प्रदेश सभा सदस्य राजेश शाक्य ,सम्पदा संरक्षण समाजका अध्यक्ष सुरज मानन्धर दे भय छे का अध्यक्ष महेन्द्रध्वज जोशी, विजय कृष्ण श्रेष्ठ ,पुर्व वडा अध्यक्ष नेपाल प्रहरी ,ट्राफिक प्रहरी ,बिद्यार्थी लगायत स्थानीयको सहभागीमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको थियो ।

प्रदेश सांसद राजेश शाक्यले विगतमा भूकम्पका कारण उक्त क्षेत्रका अधिकांश सम्पदास्थल कमजोर अवस्थामा रहेकाले त्यसलाई चाँडो मर्मतसम्भार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

प्रतिक्रिया दिनुहोस्