आजको जीवनोपयोगी भनाई



एकजना व्यक्ती धेरै दिन देखि चिन्तित भएर बाँचिरहेका थिए । जसको कारण ऊ धेरै तनाब मा देखिन्थ्यो । ऊ यो कुराले टेन्सन मा थियो कि घर को सारा खर्च उसैले उठाउनुपर्छ , पुरै परीवार को जिम्मेवारी उसैको माथी छ , कोहि न कोहि नातेदार उसको मा आउने जाने गरिरहन्छ ।

यहि कुराहरुलाई सोची – सोची ऊ धेरै टेन्सन मा हुन्थे , बच्चाहरुलाई अक्सर डाट्ने गर्थ्यो र आफ्नी पत्निसित पनि प्राय कुनै न कुनै कुरा मा विवाद गरेर झगडा चलिरहन्थ्यो ।

एकदिन उसको छोरा उसको छेउ मा गएर भनेछ , बुवा स्कुल को होमवर्क गरिदिनु न ?”
त्यो व्यक्ती पहिले देखि नै तनाव मा थियो ,उसले छोरालाई गाली गरेर भगाइदियो ।
तर केही समयपछि उसको रिस जब शान्त भयो ,तब छोराको छेउ मा गएपछी उसले देखेछ कि छोरा सुतिरहेको छ र उसको हात मा होमवर्क को कपि थियो । उनले कपि लिएर तल राख्न के आटेको थियो कि उनको नजर होमवर्क को टाइटल मा परेछ।

” होमवर्क को टाइटल थियो*****************

” त्यो कुराहरु जुन शुरु मा हामीलाई राम्रो लाग्दैन पछि त्यही कुरा राम्रो हुन्छ ”

यो टाइटल मा बच्चाले एउटा पेरेग्राफ लेख्नुथियो , जुन उसले लेखेका थिए , उत्सुकतावस उनले पढ्न शुरु गरे जुन बच्चाले लेखेका थिए …..

• म आफ्नो फाइनल एक्जामलाई धेरै धन्यवाद दिन्छु , किनकी शुरुमा त यो बिल्कुल राम्रो थिएन , तर यसपछी स्कुल को छुट्टी मिल्दछ *

* म खराब स्वाद खालको तितो ट्याबलेटलाई धेरै धन्यवाद दिन्छु किनकी शुरु मा यो तितो हुन्छ तर मेरो बिमारी ठिक गर्दछ */

* म बिहानै जगाउने त्यो अलार्मको घडीलाई धेरै धन्यवाद दिन्छु , जसले मलाई हरेक बिहान बताउछ कि म जिबित छु /

* म ईश्वरलाई धेरै धन्यवाद दिन्छु जसले मलाई यति राम्रो मातापिता दिए , किनकी उनिहरु को गाली शुरुमा मलाई धेरै खराब लाग्छ तर पछि त्यो गाली आशीर्वाद सरह काम गर्छ , मेरो लागि उनिहरुले खेलौना ल्याइदिनुहुन्छ , मलाइ घुमाउन लिएर जानुहुन्छ , र मलाई राम्रो राम्रो चिजहरु खुवाउनुहुन्छ , मलाइ यो कुरामा धेरै खुशी छ कि मसित मेरो आमाबुवा हुनुहुन्छ , किनकी मेरो साथी रोहन को त बुवा नै छैन /

बच्चाको होमवर्क पढिसकेपछी त्यो व्यक्तिलाई अचानक निद्राबाट जागेजस्तो भयो । उसको सोच बिल्कुल बदलिसकेको थियो ।बच्चाले लेखेको कुराहरु उनको दिमागमा घुमिरहेको थियो । खास गरेर त्यो लास्ट लाइन ले उसको दिमाग घुमाइदिएको थियो , फेरि त्यो व्यक्ती शान्त भएर बस्यो र उसले आफ्नो टेन्सनहरुको बारेमा सोच्न शुरु गरे ,

* मलाई घर को सारा खर्च उठाउनुपर्छ यसको मतलब हो कि मसित घर छ ,र ईश्वरको कृपा ले म ती मान्छेहरु भन्दा राम्रो स्थितिमा छु जोसित घर नै छैन ।

*- मलाइ पुरै परीवार को जिम्मेवारी उठाउनुपर्छ , यसको मतलब हो कि मसित परीवार छ , श्रीमती छोराछिरी छन र ईश्वर को कृपाले म ती मान्छेहरुभन्दा धेरै भाग्यमानी छु जोसित परीवार छैन र जो बिल्कुल दुनियामा एक्लो छ।

* मेरो मा कोहि न कोहि साथीभाइ नातेदारहरु आउनेजाने गरिरहन्छन यसको मतलब हो कि मेरो एउटा सामाजिक हैसियत छ , र मसित सुख र दुख मा साथ दिने मान्छेहरु छन ”

* हे ! ईश्वर तिमिलाई धेरै धेरै धन्यवाद , मलाई माफ गरिदिनु मैले तिम्रो कृपालाई बुझ्न सकेको थिइन ”

“- त्यसपछी उसको सोच एकदम बदलिसकेको थियो । उसको सारा चिन्ता र टेन्सनहरु पुरै खत्तम भइसकेको थियो , ऊ पुर्णतया बदलिसकेको थियो , ऊ दौडेर आफ्नो छोराको छेउमा गयो र सुतीरहेको छोरालाई काख मा बोकेर उसको निधारलाई चुम्न थाल्यो ।
र आफ्नो छोरालाई र ईश्वरलाई धन्यवाद दिन थाल्यो ।

त्यसकारण साथीहरु हाम्रो सामुन्नेमा जे जे चिन्ता र टेन्सनहरु छ जबसम्म हामीले त्यसलाई नकारात्मक नजरियाले हेरिरहन्छौ तवसम्म हामी चिन्ता र टेन्सन ले घेरीएको हुनेछौ , तर जब हामी ती कुराहरुलाइ र परीस्थीतिलाई सकारात्मक नजरियाले हेर्छौ हाम्रो सोच बिल्कुल बदलिन्छ , हाम्रो सारा चिन्ताहरु , टेन्सनहरु , तनाबहरु पुर्णतया समाप्त हुनेछ , र हामीलाई मुश्किलहरुबाट निस्किन को लागि नयाँ नयाँ बाटोहरु देखिनेछ ।

प्रतिक्रिया दिनुहोस्