अर्घाखाँची महोत्सव साँस्कृतिक कि शारीरिक मेला ।



अर्घाखाँची, १३ माघ : “अर्घाखाँची जिल्लाको समग्र विकासको आधार कृषि,कला,सस्कृती,उद्योग र ब्यापार भन्ने नारा बोकेर संचालित तेस्रो अर्घाखाँची महोत्सव २०७४ निरन्तर रुपमा अगाडि बढिरहेको छ ,करिब १२ दिने पर्दशनी अबधी राखेको यस महोत्सवले औद्योगिक,सास्कृतिक,पर्यटन,कृषि तथा ब्यापार मेला भन्ने विज्ञापन गरेको छ । मेलाले भने झै अर्घाखाँची जिल्ला कला,संस्कृतिल अनि पर्यटनको सम्भावना र क्षमता रहेको जिल्ला पनि हो यहाँ आफ्नै खालका सामाजिक,सास्कृतिक मूल्य मान्यता र मौलिक परम्पराहरु रहेका छ्न । यी मौलिक र पुरातात्त्विक महत्त्व बिकेका कुरालाइ संरक्षण र सम्रद्धन गर्नु अत्य आवश्यक कुरा पनि हो । जिल्लामा चलिरहेको महोत्सव सुरु देखि नै कता कता सुनसान ,विवादित र अपुर्ण तयारीमा अगाडि बढिरहेको देख्न सकिन्छ । अगाडि बढिरहदा यस सास्कृतिम संरक्षण र प्रबर्द्धनको लागि लागेको मेला कतै जिल्लाको सास्कृतिक अस्थित्वमाथी दखल पुर्याउने त होइन ? यस महोत्सवले सास्कृतिक संरक्षण विकास गर्नुको सट्टा कतै विदेशी संस्कृतिको प्रबेश गराउने त होइन ? संचालित सास्कृतिक कार्यक्रमलाई नियाली रहदा कतै शारीरिक पर्दशनी त कतै पप्पी बाढेको अनि अधिकतम अङ्ग्रेजी भाषाको प्रयोग गरेको सुन्न र देख्न पाउँदा माथिको प्रश्नहरु मन मा पैदा भैरहेको छ ।अर्को तिर जिल्लाको कृषि र औद्योगिक विकास भनी महोत्सवको विज्ञापन गरिरहदा मेला भित्र हिन्दी भाषा बोल्नेको तिब्र व्यवसाय अनि नेपाली भाषा बोल्नेको खर्च देख्दा जिल्लाको अर्थतन्त्रमा असर पर्ने हो कि भन्ने पनि चिन्ता जागेको छ ।

यसर्थ अर्घाखाँची महोत्सव जिल्लाका सबै तहका अनि तप्काका मानिसले देख्न,सुन्न र बुझ्न सक्ने होस,भावनात्मक भ्रम भन्दा वास्तविक कला , संस्कृतिक,पर्यटन तथा औद्योगिक र सिर्जनाको पर्दशनी मेला बन्दै नारामा भने झै समग्र जिल्लाको विकासमा टेवा पुरायोस अन्यथा जिल्लाको आर्थिक खर्च संस्कृतिक बदनामी र व्यक्ती सम्पन्न जिल्ला विपन्न नहोस् महोत्सव सफल र सबल बनोस ।

प्रतिक्रिया दिनुहोस्