के प्रेममा छिन् त ‘ऐश्वर्य’ नायिका दीपिका ?



चलचित्र ‘ऐश्वर्य’ मार्फत चलचित्र क्षेत्रमा भित्रिएकी नायिका दीपिका प्रसाई  र यहि चलचित्रका निर्देशक दिवाकर भट्टराइको प्रेम चर्चाले चलचित्र बजार गर्मिएको छ । नेपाली चलचित्र क्षेत्रमा कलाकारको प्रेम चर्चा कुनै नौलो होइन । कलाकारहरु प्रेममा रहेको खबर सार्वजनिक हुनु र पछि ब्रेकअप भएको खबर बाहिरिनुलाई पनि नौलो मान्नु हुँदैन ।

सायद, यहि कारणले पनि हुनसक्छ, दिवाकरले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘क्याप्टेन’मा नायिका प्रसाइले काम गर्न लागेको चर्चा पनि चल्यो । तर, पछि यसका निर्माता भूवन केसीले दीपिका चलचित्रमा पाँच सय प्रतिशत नहुने बताएपछि यो हल्ला सुनसान भयो । दीपिका र दिवाकरले भने यो बिषयमा केहि पनि बताएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्