मूर्ति बोल्ने मन्दिर : बैज्ञानिक पुष्टि



एजेन्सी। मन्दिर त तपाईले धेरै देख्नुभयो होला । आज हामी त्यस्तो मन्दिरका बारेमा जानकारी दिँदैछौ जुन तपाईलाई थाहा छैन । संसारमा एक यस्तो मन्दिर छ जहाँ मूर्ति मानिस झै बोल्छ ।

पहिला यो कुरामा धेरैलाई पत्यार लागेन । तर, अहिले भने वैज्ञानिकहरुले पनि त्यो मन्दिरमा मूर्ति बोल्छ भन्ने कुरा पत्याए । मन्दिर परिसरमा कोही नभएको बेला शब्द गुन्जने गरेको छ ।

त्यो मन्दिर तन्त्र साधनाका लागि प्रसिद्ध बिहारको राजश्वरी त्रिपुर सुन्दरीको मन्दिर हो । यो मन्दिरमा सुनसान भएको बेला मूर्तिबाट आवाज आउने गरेको बताइएको छ ।

मध्यराति जब मानिहरु यहाँ जान्छन् उनीहरुले त्यहाँ आवाज सुन्छन् । यो कुरा पुष्टि समेत भइसकेको छ । त्यहाँ मूर्तिहरु एक आपसमा कुरा गरिरहेको सुन्न सकिन्छ । यो विषयमा वैज्ञानिकहरुको एक समुहले अनुशन्धान समेत गर्यो । उनीहरुले समेत मन्दिर आसपास सुनसान भएको बेला आवाज आउने गरेको निष्कर्ष निकाले ।

मन्दिरमा केही न कही अनौठो शक्ति रहेको बैज्ञानिकहरु बताउँछन् । उनीहरु पनि यो विषयलाई लिएर हैरान बनेका छन् । यो मन्दिरको स्थापना करिब ४ सय बर्ष पहिले भएको थियो । यो मन्दिरमा कलश स्थापनाको नियम छैन । तन्त्र साधना यहाँ पुजा गरिन्छ । तान्त्रिक कारणले यहाँ कलश स्थापना गरिँदैन ।

प्रतिक्रिया दिनुहोस्