फिलिपिन्सको समुद्री किनारमा साम्राज्ञी आखिर किन ?



‘ड्रिम्स’ हुँदै ‘ए मेरो हजुर २’ बाट चर्चा र लोकप्रियता कमाएकी नायिका साम्राज्ञीको डिमाण्ड यतिबेला सिनेगरीमा निकै छ । राम्रो कथाबस्तु र पात्र नसुहाएको कारण उनले केही चलचित्रलाई छोडेकी पनि छिन् ।

यो बेला दुई चलचित्रको लागि व्यस्त साम्राज्ञीले केही समय अगाडी ‘इन्टु मिन्टु लण्डन’ मा को आधाभन्दा बढि लण्डनमा सुटिङ सकेर उनी आर्यन सिग्देलको चलचित्र ‘कायरा’ को लागि फिलिपिन्समा रहेकीछिन् ।

कायराको धमाधम सुटिङ भईरहेको समय फुर्सदमा साम्राज्ञी फिलिपिन्समा समुन्द्र तटमा रमाएकीछिन् । साम्राज्ञीले सामाजिक सञ्जालमा ती तस्बिरहरु सेयर गर्दे समुन्द्रमा आफनो चिलिङ मुड देखाएकी हुन् । कायरा चलचित्रका लागि दर्शकहरुप्रति निकै कौतुहल्ता जागिरहेको छ ।

पहिलो पटक आर्यन र साम्राज्ञीले स्क्रिन सेयर गरेका छन् त्यसमा पनि ‘कायरा’ टिमले सुटिङका कुनै पनि तस्बिर वा जानकारीहरु सार्वजनिक नगर्दा झनै उत्सुकता जगाईराखेको छ । आर्यन यस पटक भने आफनो चलचित्रका लागि दर्शकहरुमाझ चासो बढाउन निकै सजग बनिरहेका छन्

प्रतिक्रिया दिनुहोस्