के गर्दैछन् त अनमोल र अदिति रातिराति एयरपोर्टमा ?



प्रदर्शनको सँघारमा आइरहेको चलचित्र ‘कृ’को चर्चा बढ्दो छ । माघ २६ गते रिलिज हुने यो चलचित्रको सम्पूर्ण टिम बेलायत उढेको छ । शुक्रवार राती चलचित्रका निर्माता सुवास गिरी, भुवन केसी, कोरियोग्राफर विक्रम लामा र नायक अनमोल केसी र नायिका अदिति बुढाथोकी बेलायतको लागी उढेका हुन् । चलचित्रको टिमसँगै नायिका जिया केसीपनि साथमा गएकी छिन् । चलचित्रको एक रोमान्टिक गीत स्टकल्याण्डमा छायाङ्कन गरिने छ । किन स्कटल्याण्ड ? भनेर सोधिएको प्रश्नमा अभिनेताको साथै निर्माता रहेका भुवन केसी भन्छन् ‘चलचित्र हेरिसके पश्चात् थाहा पाउनु हुने छ ।’ मिडियासँग कुरा गर्दै अनमोलले नायिका अदितिसँग पहिलो पटक लामो दुरीको यात्रा गरेको बताए । ‘कृ छायाङ्कनको क्रममा विभिन्न ठाउँ एकसाथ यात्रा गर्‍यो । तर पहिलो पटक लामो दुरीको यात्रा एकसाथ गर्दै छौ ।’ अनमोल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्