स्वस्थ रहन चाहनुहुन्छ भने खानपिनमा नगर्नुहोस् यस्ता गल्तीहरु



हामीले हाम्रो दैनिक खानपानमा धेरै गल्ति गरिरहेको हुन्छौं । जुन कुराको हामीलाई नै ख्याल हुदैन । यसले गर्दा हामी विभिन्न रोगहरुको शिकार हुने गर्छौं । हामी आफ्नो जिब्रोको स्वादको लागी आफ्नो स्वास्थ्यको ख्याल गर्न बिर्सिने गर्छौं । त्यसैले हामी प्राय पछि गएर पछुताउने
गर्छौं ।

खानपिनमा हामीले गर्ने गल्तिहरु यस प्रकार छन् :
१) हामी प्राय स्वादको लागी खानालाई ग्याँसमा धेरै समयसम्म पकाउने गर्छौं । तर यसो गर्नाले खानामा रहेको पौष्टिक तत्वहरु नष्ट भयेर जान्छन। जुन हाम्रो स्वास्थ्यको लागी हानिकारक छ ।

२) हामी प्राय खानालाई धेरै तेलमा तारेर खाने गर्छौं । तर धेरै तेलको प्रयोगले हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ ।

त्यसतै भुटेको खानेकुरा बादी खाँदा मानिसलाई क्यान्सर हुने सम्भावना हुन्छ । त्यसैले हामीले कम तेल प्रयोग भएको खानेकुरा खानु जरुरी छ ।

३) काँचो मासु र पाकिसकेको मासुलाई सँगै राख्न हुदैन । यसो गर्नाले काँचो मासुमा रहेको ब्याक्टेरिया पाकेको मासुमा सर्छ र हाम्रो शरीरमा संक्रमण गर्छ । जसले विभिन्न प्रकारको रोगहरु ल्याउने गर्छ ।

३) धेरैजसोले पाकिसकेको खानेकुरालाई पटक पटक तताएर सेवन गर्छन् । अहिले फ्रिजको प्रचलनले त यसलाई झनै बढवा दिएको छ । पाकिसकेको खानेकुरा पुन आगोमा तताउँदा त्यसमा रहेको पौष्टिक तत्व नष्ट हुने मात्र होइन, त्यो विषाक्त बन्छ । अर्थात हामी खानेकुरासँगै विष सेवन गर्न पुग्छौ ।

४) कुनैपनि खानेकुरा डिप फ्राई गरेर सेवन गर्नु भनेको पेटको रोग निम्त्याउनु हो । डिप फ्राइ गरेको खानेकुरा जिब्रोलाई मिठो त लाग्छ, पेटमा गएपछि त्यसले नराम्रो असर गर्छ ।

अझ पेट सम्बन्धी समस्या भएका, पाचन प्रणाली कमजोर भएका, ग्याष्ट्रिकका रोगी, मधुमेह, उच्च रक्तचापको रोगी, पायल्सका रोगीले यसरी डिप फ्राई गरेको खानेकुरा खानै हुँदैन ।

५) दैनिक हाम्रो खानामा एकै थरिको सागपात हुने गर्छ । एकै थरिको सागपातमा सबै खालको पौष्टिक तत्व पाइने गर्दैन । त्यसैले हाम्रो शरीरको बिकास राम्रोसँग हुन पाउदैन ।

त्यसैले शरीरलाई आवश्यक पर्ने पौष्टिक तत्व पुर्याउनको लागी दैनिक फरकफरक खालको तरकारी हुन्छ । यसले हामीलाई स्वास्थ्य राख्नको लागी मद्धत गर्छ ।

६) हामी प्राय खानालाई धेरै तेलमा तारेर खाने गर्छौं । तर धेरै तेलको प्रयोगले हाम्रो शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउँछ । त्यसतै भुटेको खानेकुरा बादी खाँदा मानिसलाई क्यान्सर हुने सम्भावना हुन्छ । त्यसैले हामीले कम तेल प्रयोग भएको खानेकुरा खानु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्