भारतकाे पद्म श्री पदक आँखा रोग विशेषज्ञ सन्दुक रुईतलाई



काठमाडौं, १३ माघ

भारत सरकारको सम्मानित पद्म श्री पदकबाट आँखा रोग विशेषज्ञ तथा डाक्टर सन्दुक रुईत सम्मानित हुनुहुने भएको छ ।

भारतको स्वतन्त्रता दिवसको अवसरमा बिहीबार घोषणा गरिएको सम्मान तथा पदकको सूचीमा डाक्टर रुइतलाई आँखाको उपचारमा पुर्याएको योगदानको कदर गर्दै पद्म श्री परस्कारबाट सम्मान गर्ने निर्णय भएको जनाएको हो ।

उहाँकै नेतृत्वमा तिलगंगा आँखा अस्पतालले उत्पादन गर्ने मोतीविन्दुको उपचारमा प्रयोग गरिने लेन्स विश्वका ९० भन्दा बढी देशमा निर्यात हुने गरेको छ । डा. रुईतको नेतृत्वमा विकास भएको मोतिबिन्दुको उपचारको पद्धति संसारका धेरै देशमा ‘नेपाल मोडल’ का रुपमा अपनाइन्छ ।

डाक्टर रुइत यसअघि एशियाकै सर्वाधिक प्रतिष्ठित पुरस्कार रोमन म्यागासेसेबाट पनि सम्मानित हुनुभएको छ । पद्म श्री पुरस्कार भारत सरकारले दिने चौथो ठूलो सम्मान हो । यसअघि, नेपालका अनुराधा कोईरालालाई भारत सरकारले पद्म श्रीबाट सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्