सडकमा पेन बेच्ने जोनी लिवर अहिले १९० करोडको मालिक



काठमाडौं, १३ माघ

भारतीय कमेडियन जोनी लिवर ६० वर्ष पुगेका छन् । १९५७ मा भारतको आंथ्र प्रदेशको कनिगिरिमा तेलेगु क्रिश्चियन परिवारमा जन्मिएका उनको जीवन रोचकपूर्ण छैन ।

उनी कुनै समय मुम्बईको सडकमा पेन बेच्थे । जोनीले परिवारको खराब आर्थिक अवस्थाका कारण लेखपढ गर्न पाएनन् । उमेर भइसकेपछि मुम्बई आएका उनी आफ्नो छाक टार्नका लागि मुम्बईका सडकमा पेन बेच्ने गर्थे ।

उनी बलिउड गीतमा नाच्दै र अभिनेत्रीको नक्कल गर्दै पेन बेच्थे । सडकमा पेन बेचेर बस्ने जोनीसँग अहिले करिब १९० करोड सम्पत्ती छ । अहिले उनी आफ्नो कमेडिमार्फत हजारौँ मानिसलाई हसाउँछन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्