जस्टिन बिबरजस्तै यौन खेलौना



क्यानाडाका गायक जस्टिन बिबरका करोडौं प्रशंसक छन् । यद्यपि तीमध्येअधिकांश प्रशंसक उनको नजिक पुग्न त के उनलाई प्रत्यक्ष देख्नसम्म पाउँदैनन् । अहिले एउटा कम्पनीले युवाभन्दा युवतीहरू बढी फ्यान भएका बिबरजस्तै देखिने यौन खेलौनालाई अन्तर्राष्ट्रिय बजारमा उतारेको छ ।

यौन खेलौना बेच्ने अलिएक्सप्रेसले तयार गरेको बिबरसँग मेल खाने उक्त यौन खेलौनाको उचाइ ५ फिट २ इन्च छ । खरिद कर्ताले इच्छाअनुसार बिबररूपी पुरुष खेलौनाको यौनाङ्गको आकार बढाउन वा घटाउन सक्छन् ।

चिकित्सा क्षेत्रबाट मान्यताप्राप्त सामग्रीहरू प्रयोग गरेर तयार पारिएको हुनाले यो खेलौना पूर्ण रूपमा सुरक्षित भएको दाबी गरिएको छ । अलिएक्सप्रेसका अनुसार यो खेलौनाको मूल्य १ लाख ३६ हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्