बारक्रोफ्ट टेलिभिजनले सार्वजानिक गरेका विश्वका केही अनौठा व्यक्तिहरू



सन् २०१७ मा बारक्रोफ्ट टेलिभिजनले विश्वका केही अनौठा व्यक्तिहरूलाई प्रस्तुत गर्‍यो । यी व्यक्तिहरू सामान्य व्यक्तिभन्दा धेरै नै पृथक् छन् ।

आत्मविश्वासी महिला :
जन्मदै हात–खुट्टा नभएकी लिन्ड्से हिल्टनको आत्मविश्वास भने गज्जबको छ । हात र खुट्टा नभएकै कारण उनी आफूमा आत्मविश्वास जगाउने किसिमको काम गरिरहन्छिन् । उनले सानैमा स्कि, पौडी र रग्बी खेल सिकिन् जसका कारण उनी अहिले रग्बीको राम्रो खेलाडी मानिन्छिन् । हिल्टन अहिले जिम क्लास लिइरहेकी छिन् ।

होची मोडल :
ग्याल्मरस देखिन उचाइ नै चाहिँदैन भन्ने कुराको राम्रो उदाहरण बनेकी छिन् द्रु प्रेस्टा । २१ वर्षीया द्रुको उचाइ केवल ३ फिट ४ इन्च मात्र छ । मोडलिङमा लाग्ने आफ्नो हुटहुटीलाई शान्त पार्न प्रेस्टा नेभादाबाट लस एन्जलस पुगिन् । मोडलिंगमा अवसर नपाइएला भनेर उनले फेसन मार्केटिङमासमेत डिग्री हासिल गरेकी छिन् ।

कसले भन्छ ८ महिनाको :
भारतको पन्जावमा जन्मिएका चाहत कुमार ८ महिनाका मात्र भए । यद्यपि उनको तौल भने उनको उमेरका बालकको तुलनामा तेब्बर अर्थात् १८ किलोग्राम छ । सामान्य तौलमा जन्मिएका चाहतको तौल उनी ४ महिना हुँदादेखि बढ्न थालेको हो ।

 

प्रतिक्रिया दिनुहोस्